• होमपेज
  • बाजुरा बिशेष
  • आड्रा नेपालद्धारा स‌चालित कार्यक्रमबारे जानकारी

आड्रा नेपालद्धारा स‌चालित कार्यक्रमबारे जानकारी

  • बिहिबार, साउन ९, २०७६
आड्रा नेपालद्धारा स‌चालित कार्यक्रमबारे जानकारी

बाजुरा ९ साउन । परिवार नियोजन सम्बन्धि काम गरिरहेको आड्रा नेपाल परियोजनाले बाजुरा जिल्लामा आफ्नो काम बारेमा सरोकावालाहरुसंग छलफल गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सि‌हको अध्यक्षतामा संचालन भएको कार्यक्रमा बाजुरा जिल्लामा आड्रा नेपाल परियोजनाले भए गरेका कामहरुको बारेमा सस्थाका कोडिनेटर रत्न   कायस्थाले गरेका थिए । परियोजना बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउपालिका र त्रिबेणी नगरपालिकामा लागु गरीएको कायस्थाले जानकारी दिएका छन् ।
कार्यक्रकाे उद्देश्य लक्षित समुदायहरुः गरीब, कमजोर र विपन्न वर्गमा गुणस्तरीय स्वास्थ्य सेवा बिशेष गरी महिलाहरु, नवजात शिशु र बाल बालिकाहरुको समस्याको जानकारी र सेवाहरुको उचित पहुच र उपयोग सुनिश्चित गर्ने लक्ष्य रहेको बताईएको छ, चने यस परियोजना अन्र्तगतका कार्यक्रमहरू उच्चतम आवश्यकता भएका समुदायसम्म सहज रुपमा उपलब्ध गराउनको लागि लक्षित कार्य योजनाको बिकास र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने रणनीतिलाई प्रतिबिम्वित गरिएको छ ।
परियोजनाको माध्यमबाट प्रजनन् उमेरका महिलाहरु, स्वास्थ्य सेवा प्रदायक, महिला स्वास्थ्य स्वयंम सेविकाहरु, आमा समुहका सदस्यहरु, सेवाको पहुँचबाट बन्चित समुदायका ब्यक्तिहरु, नव निर्वाचित पालिकाका राजनीति पदाघिकारीहरु, ब्यबस्थापन समितिका सदस्यहरु र समुदायका किशोर किशोरीहरु सम्म पुगेको र पुर्याउने कार्यक्रम रहेको बताएको छ । ।

कार्यक्रमा बाजुरा जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा,जिल्ला स्थित गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधिहरु पत्रकार लगाएकोको उपस्थिति रहेको थियो ।
सहभागीहरुले परिवार नियोजन सम्बन्धि धेरै काम गरेको तर डाटा बेसमा एक रुपता नआएको र डाटालाई एकरुपता ल्याउनु पर्नेमा जोड दिएका थिए ।
जिल्लाका रहेका निकाएहरुसंग समन्वय हुने र कार्यक्रमबारे लागु भएका स्थानीय तहरुलाई बढी प्रभाबकारी बनाउन सहभागीहरुको बनाई रहेको थियो । स्थानीय स्तरमा जनचेतनाको अभावले नकरात्मक सोचले बाल मृत्यूदरमा चाहे जति कमी आउन नसकेके सहभागीकाे  भनाई रहेको थियो । बाजुरा जिल्लामा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुको कुनै न कुनै ढंगबाट परिवार नियोजन सम्बन्धि काम गर्ने भएकोले सबैले बाल मृत्यूदर कम गर्नकाल लागी लाग्नु पने र सबैले लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार