शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उच्च प्रविधियुक्त सेना बनाउँदै चीन

उच्च प्रविधियुक्त सेना बनाउँदै चीन

  • बिहिबार, साउन ९, २०७६
उच्च प्रविधियुक्त सेना बनाउँदै चीन

इचिङ : चीनले राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने भएको छ। उसले राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरी यस्तो खुलासा गरेको हो।

योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाइएको छ। सन् २०१२ यता पहिलोपटक सार्वजनिक उक्त श्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र चीनको सैन्य महत्वाकांक्षाका बारेमा भने केही उल्लेख छैन।

‘अन्तर्राष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो’ भन्दै उक्त दस्तावेजमा अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा ‘एकपक्षीय नीति’ अनुशरण गरेको उल्लेख छ। अमेरिकाले ‘प्रमुख राष्ट्रमाझ प्रतिस्पर्धालाई जबरजस्ती बढाएको, आफ्नो प्रतिरक्षा खर्चमा वृद्धि गरेको, आणविक, बाह्य अन्तरिक्ष, साइबर र क्षेप्यास्त्र प्रतिरक्षामा थप क्षमता निर्माण गर्नेतर्फ अग्रसर भएको तथा विश्वको रणनीतिक स्थायित्वलाई बेवास्ता गरेको’ आरोप चीनको छ।

योजनामा चीनको जनमुक्ति सेनाका शस्त्रलाई उच्च प्रविधियुक्त बनाइने उल्लेख छ। तयद्यपि उक्त योजनामा चीनको सैन्य क्षमता कतिपय मुलुकका सेना सरह नरहेको स्वीकार गरिएको छ। -एएफपी

चर्चामा

सम्बन्धित समाचार