प्रकाश सिंह
बाजुरा, ७ साउन
बाजुराकि घर भएकि एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या भएको छ । भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकि लक्ष्मि चदाराको बलत्कारको प्रयास सँगै हत्या भएको भारत स्थित नेपालि राजदुताबासले वताएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडि घर रहेको छ । उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकि थिईन् ।
शुक्रवारको दिन पुर्वी दिल्लीको सक्कपुरको डि बल्क १ सय १३ ए नम्बरको घरमा बल्तकारको प्रयास पछि हत्या भएको भारत स्थित नेपाली राजदुतमा कार्यरत एसएसपि प्रकाश अधिकारले टेलिफोन मार्फत बताएका छन् । उनको भारतिय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ । उनलाइ भारतिय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ । बुवा देब चदारा त्यहि घरको चौकीदारी गर्ने गरेका थिए, भने आमा त्यहि घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्ने गरेकि थिईन् । शुक्रवार दिउसो पौन १ बजे बुवा बाहिर बाट कोठामा आउदा छोरीलाई अचेत अबस्थामा फेला पारेका थिए । छोरी अचेत अबस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए, अस्पताल पुग्ने बितिकै चिकित्सकले मृतक घोषणा गरेका थिए ।
छोरीको हत्या भएको खबर पाएपछि भारत स्थित बिभिन्न नेपालि संघ संगठन नेपाली राजदुतावासलाई सहयोग मागेका थिए । अन्य नेपालीहरुको सहयोगमा प्रहरी कहाँ मुद्धा दर्ता गर्न र पिडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रिय महासचिब खग्रेन्द्र बहादुर सिंहले वताएका छन् । वालिकाको आइतवार पोष्टमार्टम पछि दासस्कार गरिएको छ ।
भारत स्थित नेपाली राजदुतमा कार्यरत एसएसपि प्रकाश अधिकारका अनुसार सोहि घरमा होस्टेल चलाउदै आएका भारतिय नागरिक बसिम अहमद उर्फ सनुले बलत्कारको प्रयास पछि हत्या गरेको वताएका छन् । उनलाई भारतिय प्रहरीले समातेर छानबिन गरिरहेको सो ब्यक्तिले पनि हत्या गरेको स्वीकार गरेको उनले वताए । बल्तकार गर्दा नमान्दा घाटि च्यापेर हत्या गरेको पिडले प्रहरी कहाँ स्वीकार गरेको छ । पोष्टमार्टम गर्दा घाटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग बरपर बल्तकार गर्न प्रयास गरिएको प्रमाण भेटिएको अधिकारीले वताए । बसिम अहमद उर्फ सनुलाई हत्या र बल्तकारको प्रयास गरी दुबै मुद्धा भारतिय प्रहरीले चलाएको छ ।
दुई हप्ता पहिला डोटी जिल्ला घर भएकि भारतमा बस्दै आएकि १४ कि सिता नेपाली (नाम परिवर्तन ) भारतको नयाँ दिल्लीमा आफनै काम गर्ने मालिकको छोराले बलत्कार गरेको खुलेको छ । दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षिय पंकज सिंहले ३० जुन २०१९ को दिनको १ बजे रेप गरिएको थियोे । निज पंकज सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् । वालिका बलाकृत भएको प्रमाणित पछि पिडक नियन्त्रणमा रहेको एसएसपि प्रकाश अधिकारकाले बताएका छन् ।