• होमपेज
  • राजनीति
  • नेकपाले ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगायो

नेकपाले ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगायो

  • आइतवार, साउन ५, २०७६
नेकपाले ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगायो

काठमाडौं : नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सबै इन्चार्ज र सह-इन्चार्जको विवरण केही बेरमा सार्वजनिक गरिने श्रेष्ठको भनाइ छ। सचिवालयको अर्को बैठक मंगलबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ। अर्को बैठकले आयोग, केन्द्रीय निकाय र प्रवासको नेतृत्वबारे छलफल गर्ने श्रेष्ठको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार