शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडको जित

मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडको जित

  • शनिबार, साउन ४, २०७६
मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडको जित

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । बुधबार साँझ भएको खेलमा म्यान्चेस्टर युनाइटेडले इंग्ल्यान्डकै लिड्स युनाइटेडलाई ४–० ले पराजित गरेको हो ।

म्यान्चेस्टर युनाइडेको जितमा मार्कुस रास्फोर्ड, एन्थोनी मार्सियल, फिल जोन्स र मसुन ग्रिनबुडले गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

खेलको सातौं मिनेटमा मसुनले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा मार्कुसले गोल गर्दै २–० गोलको अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा जोन्स र ६९ औं मिनेटमा एन्थोनीले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–० गोलको जित दिलाए ।

चर्चामा

सम्बन्धित समाचार