आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • मोरङमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाईते

मोरङमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाईते

  • बिहिबार, साउन २, २०७६
मोरङमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाईते

पथरी / मोरङको पथरी शनिश्चरेमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मोरङको रमाईलोबाट झापाको काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिक भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिदा तत्काल नाम थर बतन नखुलेका एकजना पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा परि ११ जना घाईते भएको बताईएको छ । घाईतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको पथरी ट्राफिकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार