आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा नगरबस संचालन गर्ने

बुढीगंगामा नगरबस संचालन गर्ने

  • बिहिबार, साउन २, २०७६
बुढीगंगामा नगरबस संचालन गर्ने

प्रेम रौले
मार्तडी २,साउन : जिल्लामा दैनिक रुपमा संचालन हुदै आएका लामो तथा छोटो दुरीका बस तथा जीपहरुले महिला,बालक,वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिले सहज सस्तो रुपमा सेवा नपाउने भएपछि बुढीगंगा नगरपालिकाले नगर बस संचालन गर्ने गरी आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको तेस्रो नगरसभाबाट नगरबस सेवा संचालनलाई नगरपालिकाको गौरवको आयोजनामा राख्दै उक्त बस संचालनका लागि एक करोड बजेट विनियोजन गरेको नगर प्रमुख दीपक विक्रम शाहले बताए ।
नगरपालिकाले नगरमा रहेका असहाय, गरिब र अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई वटा नगरबस संचालनमा ल्याउने भएको हो । मंगलबार आयोजित नगरपालिकाको तेस्रो नगरसभाको निति तथा कार्यक्रममा उक्त बस संचालनमा ल्याउने निति ल्याइएको प्रमुख प्रशासकिय अधिकृत सुनिल ठकुल्लाले जानकारी दिनु भएको छ ।
सो नगरपालिकाका प्रायजसोः सबै वडाहरु सडक संजालसंग जोडिसकेको र गाउ“मा तत्काल खोजेको बेला गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि यो काम निकै गाह्रो भएको नगरप्रमुख दीपक विक्रम शाहले बताए ।
उनले भने–‘हामीले गाडी खरिद गरेर सस्तो, सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौ“ ।, नगरबस संचालनमा आएपछि नगरबासीलाई आवतजावत गर्न सहज हुने नगर प्रमुख शाहको भनाई रहेको छ । नगरबस संचालनपछि यात्राको प्रतिकिलोमिटरका दरले भाडादर कायम गर्ने नगरपालिकाको तयारी रहेको छ ।
मदिरामा रोक
नगरपालिकाले नगरभित्र खुलेआम रुपमा विक्रि वितरण तथा सेवन भईरहेको मदिरा उत्पादन, सेवन र विक्री वितरणमा निशेध गर्ने गरी तेस्रो नगरसभाबाट निर्णय पारित गरिएको छ ।
गाउ“मा हुने महिला हिंसा मध्ये ९५ प्रतिशत हिंसा मदिरा सेवनकै कारण हुने भएकाले नगरपालिकाको निति तथा कार्यक्रममा मदिरा प्रतिबन्ध लगाउने कार्यविधि पारित गरिएको नगर उप प्रमुख तारा खातीले बताईन ।
अहिले स्थानीय सरकार आएको दुई वर्षमा जिल्लाको त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाले मदिरा ऐन कार्य विधी बनाएर विक्री वितरण तथा इजाजत पत्र खारेज गराएको छ ।
तर गौमुल गाउँपालिकाले भने मदिरा व्यवस्थित बनाउनका लागि मदिरा कार्ड बनाएर व्यापारीलाई विक्री वितरणका लागि अनुमति दिएको छ । पछिल्लो समयमा स्थानीय तहहरुले मदिरा विक्री वितरण र प्रतिबन्ध ऐन तथा कार्य विधी बनाएपछि मदिराबाट हुने महिला माथिका घरेलु हिंसा न्युनिकरण हुदै आएको छ ।
नगरपालिकामा मदिरा विक्रि वितरण गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने, गाउ“–गाउ“मा मदिरा उत्पादन गर्न नपाइने र मदिरा खाएर होहल्ला गर्नेलाई नगरपालिकाको महिला समिति अर्थात् प्रहरीले आवश्यक कानुन अनुसार कारबाही गर्ने कार्यविधि ल्याइएको छ ।
नगरमा मदिरा उत्पादन, सेवन र बिक्रि वितरण गर्न रोक लगाउनका लागि बनाइएको कार्यविधिमा सम्पूर्ण जनप्रतिनिधि र नगरसभा सदस्यहरुले हस्ताक्षर गरी सहमती गरेका छन् ।
नगर स्वयंसेवक शिक्षक
संघिय सरकारले कर्मचारी व्यवस्थापनसंगै नगरपालिकाका विद्यालयमा शिक्षक दरबन्दी भएपनि शिक्षक नभएकाले नगर स्वयम सेवक राख्ने गरी निती तथा कार्यक्रम अघि ल्याइएको छ ।
नगरभित्रको शिक्षाको गुण्स्तर सुर्धानका लागि नगरबाट शिक्षक परिचालन गर्ने भएको छ । शैक्षिक गुणस्तर सुर्धान र शिक्ष्ाँलाई प्रभावकारी बनाउनका लागि आवश्यक मात्रामा नगर स्वयंसेवक शिक्षक नियुक्त गरिने छ ।
नगरपालिकामा प्रयाप्त मात्रामा शिक्षण संस्थाहरु भएपनि शिक्षण सिकाई प्रभावकारी नभएकाले हामीले यो अभियान थालेका नगर प्रमुख शाहको दावी रहेको छ ।
नगरभित्र रहेको सबै सामुदायिक विद्यालयको तथ्यांक संकलन गरी अपुग शिक्षण संस्थामा योग्य शिक्षकहरु छनोट गरि परिचालन गर्ने छौ“ । नगर स्वयम सेवककम लागि आर्थिक वर्षमा ८० लाख बजेट विनियोजित छ ।

चर्चामा

सम्बन्धित समाचार