मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रथम बाजुरा महोत्सबको आय व्यय सार्बजनिक

प्रथम बाजुरा महोत्सबको आय व्यय सार्बजनिक

  • बुधबार, साउन १, २०७६
प्रथम बाजुरा महोत्सबको आय व्यय सार्बजनिक

लक्ष्मीराज पाध्याय
बाजुरा १ साउन
बाजुरामा बाजुरा उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको प्रथम बाजुरा महोत्सबको आय ब्याय सार्बजनिक गरेको छ ।
कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा संचालन भएको महोत्सवको पत्रकार सम्मेलन गरी आय ब्याय सार्बजनिक गरेको हो ।
बाजुरा उद्योग बाणिज्य संघले प्रथम पटक संचालन गरकोे महोत्सवमा ४१ लाख ७७ हजार ६ सय ६७ रुपैया खर्च भएको उद्योग बाणिज्य सघं बाजुराले बताएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन बाजुरा जिल्लाका बिभन्न स्थानीय तहबाट हुड्के लगायत झाँक्री, बिशिष्ठ पाउनालाई स्वागतमा १६ हजार, टेन्ड हाउस मञ्च तथा स्टल निर्माण स्वागत गेटमा ८ लाख ४५ हजार खर्च गरेको बताईएको छ । त्यसै गरी साउन्ड स्टममा ५२ हजार, माला, खादा महोत्सव स्थल सजावटमा ८ लाख ५२ हजार, कलाकार आतेजाते पेलेन टिकट र गाडी खर्च २ लाख ८३ हजार प्रचार प्रशार गाडी बुकिङ पत्रपत्रिका रेडीयोमा १ लाख ७० हजार खर्च गरेको पत्रकार सम्मेलन मार्फत सघंका प्रथम उपाअध्यक्ष गोरख बोहराले प्रतिबेदन पेश गरेका छन् । ब्यानर, टिकट, प्रंशसा पत्र कार्ड, मायाको चिनो छपाइमा ३ लाख ५० हजार २ सय ५८ रुपैया खर्च गरिएको बताईएको छ । महोत्सव फिल्ड निर्माण ७० कुइन्टल गहुँ र अन्य ब्यबस्थापनमा २ लाख ९१ हजार, टेलिफोन बिद्युत खर्चमा ३५ हजार ५ सय खर्च रहेको छ । त्यस्तै करार कर्मचारी महोत्सव अबधिका लागी ६२ हजार, कलाकार, सम्र्पुण अतिथि बास र खान खर्च २ लाख ८२ हजार ७ सय ४२ रुपैया खर्च भएको बताइएको छ । खानेपानी पाईप खरिद, सौचालय निर्माण तथा सरसफाईमा ६५ हजार, सुरक्षा खर्च पारिश्रमीक खाना तथा बासमा १ लाख १५ हजार खर्च भएको छ । आयोजक, कर्मचारी कलाकार सुरक्षा निकाय स्वयमसेवक, खाना तथा चिया नास्ता वाफत १ लाख २५ हजार खर्च भएको बताएको छ । त्यसै गरी मसलन्द तथा स्टेशनरी खर्चमा ४२ हजार ४ सय, पूर्व तयारी तथा अन्तरकृया छलफल, तथा बैठक खर्च ४७ हजार ६ सय ६०, महोत्सव साउण्ड टेन्ड ढुवानी खर्चमा ३ लाख २० हजार र अन्य खर्चमा ३८ हजार ८० रुपैया गरी जम्मा ४१ लाख ७७ हजार ६ सय ६७ रुपैया खर्च भएको बताईएको छ ।
त्यसै गरि आम्दानी तर्फ ४३ लाख ४४ हजार ४ सय ६ रुपैया आम्दानी भएको छ । आम्दानी हुने श्रोतमा सह आयोजक स्थानीय तहबाट १९ लाख ५० हजार, मुख्य प्रयोजक राष्ट्रिय बाणिज्य बैकबाट १ लाख, प्रबद्धक नेपाल उद्योग बाणिज्य सघं र घरेलुबाट १ लाख ७० हजार, प्रयोजक निर्माण ब्यबासायी सघंबाट १ लाख, सह प्रयोजकबाट १ लाख ५५ हजार सिजिनल टिकट बिक्रिबाट १ लाख २२ हजार ४ सय, साधारण टिकट बिक्रीबाट ६ लाख ४७ हजार ६ रुपैया, स्टल बिक्री वाफत १ लाख २२ हजार ४ सय गरी जम्मा ४३ लाख ४४ हजार ४ सय ६ रुपैया आम्दानी भएको बताएको छ । जम्मा रकम मध्य धेरै आयोजक प्रयोजकबाट प्राप्त हुन बाकी रहेको बुढिगंगा नगरपालिकाबाट ४ लाख, प्रयोजकबाट बाकी १ लाख र प्रबर्धकबाट २ लाख ५० हजार बाकी रहेको बताएको छ । त्यसै गरी जगन्नाथ गाउँपालिकाबाट निर्णय भईसकेकोले तत्कालै भुक्तानी हुने रकम १ लाख ५० हजार रहेको र अन्नय रकमको पनी प्रक्रिया अगी बढेको बताएको छ ।
हाल सम्म स्थानीय तहहरुले दिएको रकम समेत सार्बजनिक गरेको छ । जसमा गौमुल गाउँपालिका ६ लाख, बडिमालिका नगरपालिका ६ लाख ५० हजार , बुढिनन्दा नगरपालिका २ लाख, खप्तड छेडेदह गाउँपालिका २ लाख, समीकार्तिक खापर गाउँपालिकाबाट १ लाख हिमाली गाउँपालिकाबाट १ लाख, र त्रिबेणी नगरपालिकाबाट १ लाख गरी जम्मा १९ लाख ५० हजार रकम प्राप्त भएको बताईएको छ । महोत्सवमा करिव ४० हजारले अबलोकन गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । जसमा जिल्ला भरीका आम जनसमुदाय, उद्योगी ब्यापारी कर्मचारी बिभिन्न बिद्यालयका शिक्षक बिद्यार्थी, सोधकर्ता, सरकारी तथा गैर सरकारी कर्मचारी हरु र छिमेकी जिल्लाका ब्यापारी उद्योगी ब्याबासायी तथा उपभोक्ताहरुको सहभागीता रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
महोत्सव अवलोकन गर्नका लागि सहभागी हुने अतिथि र सर्वसाधारणहरूको स्वागतका लागि ५ वटा स्वागत गेट राखीएका थिय । त्यस्तै दर्शकहरूले अवलोकन गर्नका लागि महोत्सव स्थलभित्र १ सय बढी स्टलमा जिल्लाको पहिचान हसने हस्तकला मालिका माबिको निर्मीत हस्तकला लगायत बिभिन्न कुराको अबलोकलनले जिल्लाका लागी ऐतिहासक बनेको र यो लगायत बिभिन्न कुराको सिकाइले जिल्लाका लागि फाईदा भएको महोत्सवको मुख्य उपलब्धी रहेको उल्लेख गरिएको छ । राखिएका छन् महोत्सव स्थलभित्र दर्शकहरूलाई रमाउनका लागि पिङ समेत राखिएको थिए ।
प्रथम बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुगेको उद्योग बाणिज्य संघका अध्यक्ष देब बहादुर रोकायाले वताएका छन् ।
महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुत गर्न नसकेकोमा कमजोरी रहेको उद्योग बाणिज्य सघं बाजुराले बताएको छ ।
सात दिनसम्म संचालन भएको महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको समेत प्रस्तुति रहेकोले जिल्लाका लागी केही रमाइलोका साथै सिकाई भएको बताएको छ । बाजुरा उद्योग बाणिज्य संघले बाजुरा जिल्लामा पहिलो पटक आयोजना गरेको हुनाले यसलाई सिकाईको रुपमा लिन जिल्लाबासीलाइ अनुरोध समेत गरेको छ । उद्योग बाणिज्य सघं बाजुराको हलमा संचालन भएको पत्रकार सम्मेलनको अध्यक्षता सघंका अध्यक्ष देबबहादुर रोकाया रहेका थिए ।भने कार्यक्रमको संचालन सघका सचिव तुला बहादुर रोकायाले गरेको कार्यक्रमको प्रतिबेदन प्रस्तुत प्रथम अध्यक्ष गोरख बोहाराले गरेको थिए ।

चर्चामा

सम्बन्धित समाचार