शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भोज प्रकरणपछि मन्त्रीद्वारा राजीनामा

भोज प्रकरणपछि मन्त्रीद्वारा राजीनामा

  • बुधबार, साउन १, २०७६
भोज प्रकरणपछि मन्त्रीद्वारा राजीनामा

पेरिस-फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिएका छन् । मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ ।  मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आएका छन् । उनले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भनेका छन् ।

सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताए ।

“मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज विहान (मङ्गलबार) बुझाएको छु” रगीले भने । उनले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्दै आएका थिए र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहँदै आएका थिए । -एएफपी

चर्चामा

सम्बन्धित समाचार