शुक्रबार, मंसिर २०, २०८२

घुससहित नासु पक्राउ

  • मङ्लबार, असार ३१, २०७६
घुससहित नासु पक्राउ

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई रु एक लाख सात हजार घुससहित नियन्त्रणमा लिएको छ । सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सोतीलाई आज कार्यालय परिसरबाटै घुससहित नियन्त्रणमा लिएको हो ।

चर्चामा

सम्बन्धित समाचार