• होमपेज
  • बाजुरा बिशेष
  • जबरजस्ती करणीकाे आराेपीत पक्राउ ।

जबरजस्ती करणीकाे आराेपीत पक्राउ ।

  • सोमवार, असार ३०, २०७६
जबरजस्ती करणीकाे आराेपीत  पक्राउ ।

संगीता तिमिल्सेना
बाजुरा ३०, असार
६ वर्षीया बालिकालाई जबजस्ती करणी गरेकाे आराेपमा  एक जना युवा  पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको वडिमालिका नगरपालिका वडा नं ९ चौराटाका १९ वर्षका विक्रम विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुरा प्रहरीका अनुसार अभियुक्त विष्टले सोही ठाउ“कै बालिकालाई गत असार २७ गते सा“झ ७ बजेको समयमा करणी गरी फरार रहेको थिए ।
निरन्तर प्रहरीको खोजीपछि गोप्य सुचनाको आधारमा निज बिक्रमलाई आइतबार राती पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटले बताए । उनले भने अभियुक्त माथी थप अनुसन्धान भैरहेको र जवस्ती करणी सम्बन्धी आवश्यक कानुन अनुसार कारबाही गरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार