• होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला हलिया मुक्त समाजद्धारा मन्त्रीलाई ज्ञापन–पत्र बुझाए

जिल्ला हलिया मुक्त समाजद्धारा मन्त्रीलाई ज्ञापन–पत्र बुझाए

  • सोमवार, असार ३०, २०७६
जिल्ला हलिया मुक्त समाजद्धारा मन्त्रीलाई ज्ञापन–पत्र बुझाए

बडीमालिका खवर
बाजुरा ३० असार
६ बुदेँ माग सहित जिल्ला हलिया मुक्त समाज बाजुराले भुमी व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत मन्त्रालयमा ज्ञापन–पत्र पठाईएको छ ।
नेपाल सरकारले ०६५ भाद्र २१ गते हलिया मुतिmको घोषणा गरी लगत लिने क्रममा पूर्व मालिकको डर,त्रास तत्कालिन गाविस सचिवहरुको असहयोग,रोजगारीको सिलसिलामा विदेशमा रहेका,सुचनाको अभावका कारण सुदूरपश्चिम प्रदेशका हजारौँ मुक्त हलियाहरु तथ्याङ्गकमा छट् हुन गई राज्यको सेवा सुविधाबाट बञ्चित भएका छन् ।
जिल्लामा छुट भएका मुक्त हलियाहरुको अवस्था अध्ययन गर्न नेपाल सरकारबाट समिति गठन गरी छुट मुतm हलियाहरुको अवस्था अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने,अध्ययन समितिको प्रतिवेदनका आधारमा स्थानीय तहको नेतृत्वमा छुट मुक्त  हलियाहरुको लगत संकलन गर्न नेपाल सरकारबाट सो प्रक्रिया अघि बढाउन स्थानीय सरकारलाई लिखित सर्कुलर गर्नुपर्ने लगायतमा माग रहेका छन् ।
साथै नेपाल सरकारबाट लिएको लगत अनुसार पुर्नःस्थापना हुन बाँकी मुतm हलिया घरपरिवारको यथाशिग्र पुर्नस्थापना गरिनुपर्ने,संघीय सरकारले लगतमा नाम भएका मुतm हलिया परिवारलाई लगत कट्टा गर्न लागेको सन्दर्भमा हाल सम्पर्कमा आएका मुक्त हलियाहरुलाई एक पटकका लागि उपलब्ध स्थानीय तह मार्फत परिचय पत्र वितरण गरिनुपर्ने तथा लामो समय देखि छलफलका क्रममा रहेको एकिकृत बधुवा श्रम निःषेध गर्न बनेको मस्यौदालाई पारित गराउने प्रक्रिया अघि बढाउनुपर्ने माग जिल्ला हलिया मुक्ती समाजका अध्यक्ष लालबीर सार्कीद्धारा हस्ताक्षरित ज्ञापन–पत्रमा उल्लेख गरिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले तत्काल मन्त्रालयमा पठाउने बताएका छन् । ज्ञापन–पत्र बुझाउन छुट भएका हलियाहरु लगायत सरोकारवालहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार