• होमपेज
  • कला /साहित्य
  • जय ओलिकाे गजल : जब मेरी आमा, घरमा चुलो

जय ओलिकाे गजल : जब मेरी आमा, घरमा चुलो

  • सोमवार, असार ३०, २०७६
जय ओलिकाे गजल  : जब मेरी आमा, घरमा चुलो
जब मेरी आमा, घरमा चुलो जलाउँदी हुन्
मेरो भागको खाना पनि, संगै पकाउँदी हुन्

अगेनाको छेउमा बसी, आगो भर्भराउँदा
कल्पनामा जली, एक्लै आँशु खसाउँदी हुन्

थोत्रो घर चुहिने छानो, भित्ता लथालिंग थ्यो
बाँझो बारी देख्दा, कसरि चित्त बुझाउँदी हुन्

दैला माथि तस्विर मेरो, छाती भरि ममता
परेलीमा सपना बोकी, रातदिन कटाउँदी हुन्

जा ए हावा मेरो खबर, सुना मेरी आमालाई
म आउने दिन गन्दै, उनि आशा सजाउँदी हुन्
✍️✍️✍️ जय ओलि (बजुरेल कान्छो)
खप्तड छेडेदह गाउँ पालिका ७ ओलिगाउ

चर्चामा

सम्बन्धित समाचार