• होमपेज
  • बाजुरा बिशेष
  • मूख्य बजार नै हिलाम्मे, मार्तडीको दुराअबस्था लापरवाही कसकाे नगरपालिका की ठेकेदार

मूख्य बजार नै हिलाम्मे, मार्तडीको दुराअबस्था लापरवाही कसकाे नगरपालिका की ठेकेदार

  • सोमवार, असार ३०, २०७६
मूख्य बजार नै हिलाम्मे, मार्तडीको दुराअबस्था लापरवाही कसकाे नगरपालिका की ठेकेदार

बडीमालिका खवर
बाजुरा ३० असार
जिल्लाको मुख्य शहर मानिदै आएको मार्तडी बजारको सडक नै अब्यवस्थित देखीएको छ । ठेकेदारको लापरवाही र बडीमालिका नगरपालिकाको ध्यान केन्द्रीत हुन नसक्दा यस्तो भएको हो । बिच बजारमा रहेको सडक दिनानु दिन हिलाम्बे बन्न थालेपछि बिद्यार्थी बालबालिकालाई जिल्ला अस्पतालमा जाने बिरामीहरुका लागी निकै समस्या भएको छ । बिद्यालय सम्म पुग्न समेत निकै सकस हुने गरेको बडीमालिका बोडीङ स्कुलले बताएको छ । लगातार परेको पानिले सडकमा हिलैहिलो भएपछि समस्या हुने गरेको ब्यबसायीले बताए ।
बडिमालिका नगरपालिकामा रहेको सडक निर्माणाको काम समयमै नसकिनुले समेत बजार क्षेत्रको सडक हिलाम्बे बन्दै गएको स्थानीयले बताएका छन् । सडकको अवस्था हेर्दा निकै दयनिय देखीन्छ उक्त सडकमा मोटरसाईकल गुडाउन समेत सास्ती हुने गरेको छ ।
बिद्यालय जाने बालबालिका हिलाम्बे सडकका कारणा समयमा बिद्यालय नपुग्ने र हिलो टाँसिएका लुगा लगेर बिद्यालय जान बाध्य भएका छन् । बालबालिका बिद्यालय जाँदा हातमा जुत्ता चप्पल बोकेर जानुपर्ने अबस्था भएको छ । बिद्यार्थी बालबालिकालाई मात्र समस्या नभएर बजार क्षेत्रमा पैदल यात्रा गर्ने सम्पूर्णलाई आवत जावत गर्न निकै समस्या भएको छ ।

उक्त बजार क्षेत्रको सडकको अवस्था हेर्दा नगरपालिकाको सम्बृद्ध नगर, खुसी नगरबासी भन्ने नारा नारामै सिमित भएको देखीन्छ । बजार क्षेत्रमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउनेलाई समेत समस्या भएको ब्यबासायी बताउछन । काम बिषेशले बजारमै आवतजावत गर्नु पर्छ बजारको हिलोले बजार जानै समस्या हुने गरेको ब्यापारी मंगल रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार