बडीमालिका खवर
बाजुरा, २९ असार
बाजुराको बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने रघु सार्कीका १५ बर्षका गोबिन्द्र सार्की र १० बर्षका रामलाल सार्कीको काठमाडौमा उपचार शुरु भएको छ । आर्थिक अभाबमा रोग पाल्दै गरेको बडिमालिका खबरमा समचार प्रकाशित भएपछि उद्धार गरेर काठमाडौमा उपचार शुरु भएको छ ।
समचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले दुबै भाइलाई काठमाडौ ल्याएर उपचार शुरु गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । संस्थाले काठमाडौमा खान बस्न उपचारका लागि पहल गर्ने गरि काठमाडौ ल्याएको बस्नेतले वताएका छन् । गोबिन्द्र सार्कीको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको सर्जन, अर्थोपेटिक, छाला सम्बन्धि बिशेषज्ञ चिकित्सले उपचार शुरु गरेको छ । गोबिन्द्रको लामो समय देखिको रोग भएकाले चिकित्सले जाँच शुरु गरेको केही दिनमा रिपोट आएपछि रोग के हो भनेर पत्ता लाग्ने बस्नेतले वताएका छन् ।
त्यस्तै गोबिन्द्रका १० बर्षका भाइ रामलाल सार्कीको भ्हतचयउजथ चभउबष्च कगचनभचथ गर्नु पर्ने रहेको संस्थाले वताएको छ । कम्तिमा ५ पटक सर्जरी गर्नु पर्ने भएकाले रामलालको उपचारका लागि १० भन्दा बढि आबश्यक रहने संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । चिकित्सका अनुसार चाडै उपचार नगरे क्यान्सर हुने सम्भाबना रहेको वताएका छन् । अन्य चिकित्सक सँग परामर्श भइरहेको केही दिनमा के गर्ने भन्ने निष्कर्षमा आउने उनले वताए । १० लाख आबश्यक परेमा कतै बाट पैशा संकल गर्नु पर्ने उनले वताए । बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले भनिन् भाइहरुको उपचारका लागि बिभिन्न निकाय सँग पहल भइरहेको वताईन् ।
आर्थिक अभाब रोग पाल्दै समचार प्रकाशित पछि भाइहरुको उपचारका लागि देश बिदेश बाट रकम समेत संकलन भएको छ । जिल्ला वाल कल्याण समिति बाजुराले ५० हजार, बुढिन्नदा नगरपालिकाले ३० हजार, क्षेत्रपाटि निशुल्क चिकित्सायले २० हजार, पिसबिन बाजुराले १० हजार सहयोग गरेको छ । डाबा शेर्पाले २० हजार, सुरेन्द्र थापाले ५ हजार, तेज बोहोराले ३ हजार, बिस्नु खडकाले ५ हजार, बसुधा गुरुङले ५ हजार, सुरत शाहले ५ हजार हिरा रोकायाले ६ हजार ५ सय ६५, जितजङ्ग सिंहले ५ हजार, कृष्ण अधिकारीले ५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै महेश जोशीले ४ हजार, प्रकाश शाहले ५ हजार, रामकृष्ण पाण्डेले ५ हजार, अनिल शाहिले २ हजार सहयोग गरेका छन् । संकलित रकम पिडितका बुवा रघु सार्कीको नाममा बाणिज्य बैकमा रहेको खाता जम्मा गरिएको छ । त्यस्तै उपचारका लागि अमेरीका पनि आर्थिक संकलन अभियान शुरु भएको मनलाल जैशीले अमेरीका बाट बताएका छन् ।
गोबिन्द्रको दुबै खुट्टा संक्रमणले पिप जमेको छ भने रामलालको जन्मजात देखिनै रोगको शिकार बन्दै आएका छन् । उनका बुवा रघु सार्कीले अरुको हलो जोतेर परिवार पालिरहेका छन् । रघुले भने साहु महार्जनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका छ, तर बच्चाहरुको उपचार गर्न सकेको छैन्, पत्रिकामा समचार आएपछि अहिले दुबै छोराको काठमाडौमा उपचार भइरहेको रघु सार्कीले वताए ।
कक्षा ६ मा अध्यनरत गोबिन्द्र र कक्षा १ मा अध्यनरत रामलाल बिद्यालय जान समेत मन मान्दैनन् । शरिरमा गन्ध आउछ भनेर हेला गर्छन्, कोही त शरिरमै थुकि दिने गर्छन्, उनि बताउछँन् । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा विद्यालय र कक्षाकै साथीहरुबाट गोविन्द घृणा सहन बाध्य भएको दुखेसो पोख्छन् । कक्षामा साथीहरु कोही पनि आफ्नो नजिकैसमेत बस्न नचाहने भन्दै साथीहरुकै अपमान र हेलोहोचो सहनु पर्दा आत्म हत्याको सोच आउने गरेको उनले बताए ।
‘गाउँमा, स्कुलमा मलाई देख्यो कि सबैले थुक्छन् । अनि बाँचेर पनि के गर्नु जस्तो लाग्छ । घाउको पीडा र साथीहरुको हेलाले बाँच्नै मन छैन’ उनले आफ्नो बेदना सुनाए ।