• होमपेज
  • देश/प्रदेश
  • कर्मचारीको अवकाश ६० बर्षमा,पेन्सन एकमुष्ठ

कर्मचारीको अवकाश ६० बर्षमा,पेन्सन एकमुष्ठ

  • शनिबार, असार २८, २०७६
कर्मचारीको अवकाश ६० बर्षमा,पेन्सन एकमुष्ठ

कर्मचारीको उमेर हद ६० बर्ष पुर्याउने र एकमुष्ठ पेन्सन दिने गरी गृहकार्य शुरु भएको छ । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा निजामति कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सिंहदरवारमा भएको छलफलमा समितिले वैज्ञानिक तथ्य सहित यसबारे टुङ्गोमा पुग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले पूरानो व्यवस्था अनुसार निजामति कर्मचारीको अवकाशको उमेर ५८ वर्ष रहेको भन्दै जनशक्ति तयार पार्न राज्यको धेरै लगानी हुने भएकाले अवकाशको उमेरको विषयमा ठोस निर्णयमा पुग्न गृहकार्य गरिरहेको जनाए । उक्त बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद वडु र पम्फा भुषालले अवकाशको उमेर ५८ बाट ६० वर्ष पु¥याउनुपर्ने सुझाव दिएका छन् ।यस्तै समितिका अन्य सदस्यहरुले नयाँ व्यवस्थामा अवकाश प्राप्त निजामति कर्मचारीहरुलाई एकमुष्ठ पेन्सनको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार