• होमपेज
  • बाजुरा बिशेष
  • बर्षायाम सुरु भएसंगै बाजुरामा कतै बाढी कतै पहिरोकाे उच्च जोखिम, सिडिओले दिए सुरक्षीत ठाउँमा बस्न निर्देशन

बर्षायाम सुरु भएसंगै बाजुरामा कतै बाढी कतै पहिरोकाे उच्च जोखिम, सिडिओले दिए सुरक्षीत ठाउँमा बस्न निर्देशन

  • शुक्रबार, असार २७, २०७६
बर्षायाम सुरु भएसंगै बाजुरामा कतै बाढी कतै पहिरोकाे उच्च जोखिम, सिडिओले दिए सुरक्षीत ठाउँमा बस्न निर्देशन

बडीमालिका खवर
बाजुरा २७,असार
बाजुराका ९५ बस्ती उच्च जोखिममा
बाजुरा जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय २०७५ फागुन ३ गते गृह मन्त्रालयमा पठाउने निर्णय समेत गरेको थियो । ती ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको जनाएको छ ।
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थान्नातरण गर्नुपर्ने निर्णय गरेको तत्कालिन प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा सम्पन्न बैठकले निर्णय गरेको थियो । जसमा त्रिवेणी नगरपालिकाको वडा नं १ को विशालबजार, सल्लेरी, वडा नं ४ को पिपलसैन, राउतेला, वडा नं ५ को किम्नीको ढोड क्षेत्र रहेको छ । वडा नं ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला वडा न –८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् ।
समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडी लगायतका बस्ती सिफारिश गरेको थियाे । जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माण कार्यालयमा सिफारिश गरिएको समितिका सदस्य कृष्ण अधिकारीले बताए । त्यस्तै अन्य कतिपय गाउँपालिकाको पनि बस्ती जोखिममा रहेको र स्थानान्तरणको लागि सिफारिश गरिएको जनाइएको छ ।
त्यस्तै सबैभन्दा कम जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका बस्ती रहेका छन् । हिमाली गाउँपालिकामा भने बस्ती जोखिम कम भए पनि स्थानान्तरण गर्नुपर्ने बस्ती भने धेरै रहेको सदस्य कृष्ण अधिकारीले बताउनुभयो ।
बर्षात शुरुवात सँगै बुढिगंगा नदि थुनियो
बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदि बर्षातको शुरुवात सँगै नदि थुनिन लागेको छ । बर्षात सँगै बुढिगंगा नदिमा पानिको बहाफ बढदै गएको र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तल बाट पहिरा झर्न शुरु भएपछि थुनिने खतरामा रहेको त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले बताए।
गएको बर्ष देखि उक्क्त ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा पनि पहिरो बगेपनि खासै असर थिएन् । बर्षातमा पानि बढने भएपछि द्धवारीमा बुढिगंगा नदि थुनिन खतरामा रहेको स्थानिय बासिले बताए । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले वताएको छ । नदि थुनिने जोखिम बढेपछि स्थानियलाई समेत सचेत गराइएको समेत गराई सकेको प्रमख जिल्ला अधिकारी गगांप्रशाद न्यौपानेले बताए ।
गत बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो बग्न शुरु भएको स्थानिय नविन थापाले बताए । नदि थुनिने खतरा सँग नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेका छन् ।


पहिरोका वारीतिर रहेको साँफे मार्तडी सड्क खण्ड गएको बर्ष बर्षातको तिन महिना अबरोध भएको थियो । उता बाट पहिराले नदिले साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताउनुभयो । गत बर्ष देखि नै सरकार राज्यलाई जानकारी भएपनि सडक ब्यबस्थापन गर्नमा कसैको ध्यान नगएको जैशीले बताए ।
नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन् । त्यो सँगै पहिरो सँगै जोडिएको गाँउ पैमा पनि उक्क्त जोखिममा रहेको बडीमालिका मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए । खेतियोग्य जमिन सबै गएको बर्ष पहिराले बगाइसकेको उनले वताए । बर्षात मात्र नभई हिउँदको महिनमा पनि पहिरो बग्दै आएको थियो ।
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातारको दुई दिनको अविरलसंगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध भएको छ ।
लगातार वर्ष आएपछि बार्जुगाड खोला हँुदै  सदरमुकाम मार्तडी सम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जादा सडक अवरुद्ध बनेसंगै यातायातका साधन समेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए ।
उहाँले बार्जुगाड हुदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडा लगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध भएकोे बताए ।
बिहीबार विहानैबाट ठाउँ ठाउँमा पहिरो आएपछि लामो दुरिका बसहरु बाम्का बजार भन्दा माथि आउन नसकेको यात्रु विजय नारायण यादवले बताए । साँफे मार्तडी सडकको विभिन्न ठाउँमा पहिरो गएकाले यातायातका साधन चल्न समेत सकस हुने उनले बताए ।
राजमार्ग सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताए ।
अवरुद्ध सडक संचालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खवर गरी कार्यालयबाट जेसिजी पठाएपछि अवरुद्ध बनेको सडक संचालनमा ल्याउने जानकारी दिएका छन ।
साँफे–मार्तडी राजमार्ग सडक अछामका जिल्लाका बुढाबगर लगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छ्याउन सडक डिभिजन कार्यालयलाई खवर गरिसकेको प्रजिअ न्यौपानेको भनाई रहेको छ ।

मार्तडी–कोल्टी सडक लगायत ग्रामिण सडक असोजसम्मका लागी राेकीयाे
जिल्लाको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक वर्षा पनि अवरुद्ध बनेको छ । लगातारको वर्षका कारण उक्त सडक सहित विभिन्न ग्रामिण सडकहरु अवरुद्ध बनेका छन् ।
पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडक समेत अवरुद्ध बनेको हो । यस्तै ग्रामिण भेगमा काटिएका सडकहरु पनि अवरुद्ध बन्दै गएका छन् ।
मार्तडी–कोल्टी सडक अवरुद्ध हुदा उत्तरी भेगका स्थानीयहरुले सास्ती भौग्दै आउनुभएको छ । बाटो अप्ठ्यारो भएकाले आवत जातवत गर्न निकै कठिन हुने गरेको यात्रुहरुको गुनासो रहेको छ ।
सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयहरुले वर्षायाममा पैदल यात्रा गर्न बाध्य हुने गरेका छन् । जथाभावी रुपमा खनिएका सडकहरुले जिल्लामा पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्यांकमा रहेको छ ।
प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकहरुले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडकहरु भएपछि लामो तथा छोटो दुरीका सवारीका साधन बन्द भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार