• होमपेज
  • प्रवास
  • भारतमा फेरि रुवाबासी, ३ करोड नेपालीका लागि खुसीको खबर !

भारतमा फेरि रुवाबासी, ३ करोड नेपालीका लागि खुसीको खबर !

  • शुक्रबार, असार २७, २०७६
भारतमा फेरि रुवाबासी, ३ करोड नेपालीका लागि खुसीको खबर !

भारतबाट आयात भएका तरकारी र फलफूल बोकेका ट्रक सीमा नाकामा रोकिएका छन्। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि मालवाहक गाडी सीमामा रोकिएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामा रोकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार मन्त्रिरिषद्को असार १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।

‘सर्वोच्चको आदेशपछि भन्सार विभागको तत्कालको मौखिक निर्देशनमा विषादी परीक्षण विना तरकारी र फलफूलका गाडी छाडेका छैनौं’, पौडेलले भने।

उनले विषादी परीक्षण नभएकाले बिहीबार भारतबाट आएको कुनै पनि तरकारी र फलफूलका गाडी नछाडिएको जानकारी दिए। भारतबाट भैरहवा नाका हुँदै दैनिक ५०(६० ट्रक तरकारी र फलफूल भित्रिन्छन्।

उनले अब भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेर विषादी नभएको तरकारी र फलफूल मात्रै बजारमा पर्‍याइने बताए। तरकारी र फलपूmलमा विषादी परीक्षणका लागि यसअघि यहाँबाट नमुना संकलन गरेर काठमाडौं पठाइन्थ्यो।

यसले गर्दा व्यवसायीलाई समस्या परेको थियो। अब भने बुटवलमै परीक्षण गर्न सकिनेछ। दुई दिनअघि मात्रै बुटवलको विषादी द्रुत विश्लेषण प्रयोगशालामा कर्मचारी खटिएका छन्।

‘बुटवलमा विषादी जाँच गर्ने प्रयोगशाला सञ्चालनमा आएको छ’, पौडेलले भने, ‘प्रयोगशाला सञ्चालनमा आएको हो भने विषादी परीक्षणका लागि बुटवलमा पठाउनेछौं नभए काठमाडौं नै पठाउँछौं।’

बुटवलमा प्रयोगशाला भएपछि भैरहवा हुँदै आउने तरकारी तथा फलफूलका गाडी धेरै दिन नाकामा रोकिने छैनन्। यसअघि काठमाण्डौंमा पुर्‍याउँदा तीन-चार दिन लाग्ने गरेको थियो।

नेपाल सरकारको निर्णयपछि बिषादी मिसिएका तरकारी र फलफूल बोकेका ट्रक सर्वोच्चको आदेशपछि सिमामै रोकिएपछि फेरि भारतीय किसान र व्यावसायीको रुवाबासी नै चलेको छ ।

चर्चामा

सम्बन्धित समाचार