• होमपेज
  • देश/प्रदेश
  • दार्चुलामा पहिरो १० घरपरिवारको बिचल्ली

दार्चुलामा पहिरो १० घरपरिवारको बिचल्ली

  • शुक्रबार, असार २७, २०७६
दार्चुलामा पहिरो १० घरपरिवारको बिचल्ली

दार्चुला जिल्लाका महाकाली नगरपालिका वडा नम्बर ९ मा पहिरो खस्दा दश घरपरिवारको बिचल्ली भएको छ । महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा निर्माण गरिन लागेको दत्तु–थाप्ला हुदै मालिकार्जुन जोडने सडकका कारण खसेको पहिराले गर्दा दत्तुका १०घरपरिवार विस्थापित हुनुका साँथै एक दर्जन परिवार उच्च जोखिम्मा रहेका छन् ।

उपाभोक्ता समिति मार्फत निमार्ण गरिन लागेको दत्तु–थाप्ला सडक बस्ती भन्दा माथिबाट निर्माण गर्दा उक्त क्षेत्रका एक दर्जन घरपरिवार विस्थापित भएका हुन ।

पहिरोका कारण विस्थापित हरुको उद्धार भईरहेको र बस्नको लागि महाकालि नगरपालिका वडा नम्बर ९ मा रहेको दतु बाजारमा व्याबस्थापन गरिएको र गाई बस्तुहरुको व्यवस्थापनका लागि नगरपालिका, जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाईटिलाई अनुरोध गरेको महाकाली नगरपालिका वडा नंं।९ का अध्यक्ष हर सिह डाँगाले बताउनु भयो ।

पहिरोका कारण विशनसिँह गोयला, त्रीलोकसिँह चैसिर, धनसिँह भाँट , बिन्दु भाँट लगायत एक दर्जन परिवार विस्थापित भएको र मापदण्ड विपरित सडक निमार्णको काम गरिन थालेकाले यस्तो विपत्ति आईलागेको स्थानीय सुरेन्द्र सिह नगारीले बताउनु भयो । बुधबार राती वर्षाका कारण हालै निर्माण गरिएको सडकबाट निस्केको माटोको ढिस्को पहिरोको रुपमा खसेपछि महाकाली नगरपालिका वडा नं।९ दत्तुमा विपत्ति आईलागेको हो

चर्चामा

सम्बन्धित समाचार