शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • भारतीय कम्पनीका औषधि परीक्षणमा फेल, बजारबाट तुरुन्त फिर्ता लग्न निर्देशन

भारतीय कम्पनीका औषधि परीक्षणमा फेल, बजारबाट तुरुन्त फिर्ता लग्न निर्देशन

  • बिहिबार, असार २६, २०७६
भारतीय कम्पनीका औषधि परीक्षणमा फेल, बजारबाट तुरुन्त फिर्ता लग्न निर्देशन

काठमाडौ  । नमूना परीक्षणका क्रममा गुणस्तर न्युन पाइएपछि औषधि व्यवस्था विभागले बजारमा गईसकेका ८ प्रकारका औषधिहरु रिकल (बजारबाट तुरुन्त फिर्ता) गर्न सम्वन्धित औषधि उद्योगलाई निर्देशन दिएको छ । विभागको निर्देशन पाउनेहरुमा छ वटा नेपाली कम्पनी छन् भने २ वटा भारतीय कम्पनी छन् ।

विभागका अनुसार नेपाल फर्मास्यूटिकल्स लेब्रोटरी बीरगञ्जले उत्पादन गरेको LPN-74165 Formin -GI forte, जीडी फर्मास्यूटिकल्स प्रालिले उत्पादन गरेको PITI-1702 Pantona, गोरखा आयुर्वेद कम्पनीका 1351 Avipattikar churna, Pet safa गरी दुईवटा, आरोग्य भवन वर्क प्रालि र सगरमाथा आयुर्वेदिक औषधि उद्योगका क्रमश 0169 Aarogya Balbel churna, 014 Pushyanug churna सहित छ नेपाली उद्योगका औषधि रिकल गर्न भनिएको हो ।

यस्तै अलकेम लेब्रोटरिज मुम्बई भारत 8282346 Almok-500 , सागा लेब्रोटरिज अमदावाद भारत बाट Ex-014018 Amoxyn-500 आएका क्रमश व्याजका औषधि पनि गुणस्तरमा फेल भएका छन । विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले नमूना परीक्षणका क्रममा फेल भएपछि बजारमा गएका सबै औषधिहरु रिकल गर्न निर्देशन दिइएको बताए । यी औषधीहरु घुलनसिल क्षमता, माईक्रोवेल टेष्टमा फेल भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार