• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका मन्त्रीको ७ महिना पुरानो ‘टेवुल सलामी’ भाईरल

सुदूरपश्चिमका मन्त्रीको ७ महिना पुरानो ‘टेवुल सलामी’ भाईरल

  • मङ्लबार, असार २४, २०७६
सुदूरपश्चिमका मन्त्रीको ७ महिना पुरानो ‘टेवुल सलामी’ भाईरल

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको ‘कुर्ची सलामी’ ले देशव्यापी चर्चा कमाएपछि सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराको ७ महिना पुरानो एक फोटो भाईरल बनेको छ। मन्त्री बोहराले गत बर्ष मंसिरमा खेलकुद प्रतियोगिताको उद्धघाटनका क्रममा कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ११ मा टेवुलमा उभित्रएर सलामी दिएको फोटो अहिले आएर भाईरल भएको हो।  आज विहानैदेखि मन्त्री बोहराले सलामी दिएको तस्बिर र शैलीबारे सामाजिक सञ्जालमा टिप्पणी आउने क्रम तीव्र बनेको छ। गणतान्त्रिक व्यवस्थाका मन्त्रीले विगतको राजतन्त्रात्मक शैलीको व्यवहार देखाएको भन्दै सर्वसाधारणबाट गुनासो चुलिएको छ। तर मन्त्रीको स्वकीय सचिवालयको श्रोतले भने पुरानो फोटो भाईरल बनाईएको दावी गरेको छ।

चर्चामा

सम्बन्धित समाचार