शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • चितवन मेडिकल कलेजले करोडौं अबैध शुल्क असुलेपछि विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेजले करोडौं अबैध शुल्क असुलेपछि विद्यार्थी आन्दोलित

  • मङ्लबार, असार २४, २०७६
चितवन मेडिकल कलेजले करोडौं अबैध शुल्क असुलेपछि विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले मेडिकल कलेज अगाडि चर्काे नाराबाजीसमेत गरेका छन् भने भरतपुरको चौबिसकोठीसम्म र्‍याली निकालेका छन् । उनीहरुले मेडिकल माफिया मुर्दावाद,अबैध शुल्क फिर्ता गर लगायतका नारा लगाएका थिए  कलेजले एमबीबीएसको भर्ना शुल्क नेपाल सरकारले तोकेको भन्दा १२ लाख देखि २५ लाखसम्म अवैध असुलेको विद्यार्थीको आरोप छ । सरकारले एमबीबीएसकोे भर्ना शुल्क ४२ लाख तोकेको छ । तर मेडिकल कलेजले बिना रसिद विद्यार्थीबाट अवैध शुल्क असुलिरहेको छ । कलेज प्रशासनसँग शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीले बताएका छन् । एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन शाह भन्छन्,हामीलाई कलेजले चरम अन्याय गरेको छ,यसको विरुद्ध आन्दोलित भएका हौं ।

चर्चामा

सम्बन्धित समाचार