• होमपेज
  • देश/प्रदेश
  • कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी

कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी

  • आइतवार, असार २२, २०७६
कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी

कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरेको हो। धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए। तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ।

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गएको र त्यस्का विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ। आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिवन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ। यसअघि गयराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहका कार्यकर्ताले थुनेका थिए।

गयराती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको थियो। स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधी रातीको समयमा लेखा फाँटमा काम गरिरहेका थिए।

नियम अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजे सम्म भएपनि लम्कीचुहा नगरपालिकामा भने विप्लव समूहका कार्यकर्ताले मध्यरातमा शंकास्पद काम गरिरहेको अवस्थामा कर्मचारी सहितका जनप्रतिनिधी थुनेको हो।  तर हिजो भने शनिबार भएकाले सबै सरकारी कार्यालय बन्द रहेपनि लम्कीचुहा नगरपालिकामा भने मध्य रातमा समेत काम भइरहेको भेटिएको हो। लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी समेत गरिएको छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार