बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा मध्य रातमा नगरपालिकामा भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव कार्यकर्ताले थुने

कैलालीमा मध्य रातमा नगरपालिकामा भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव कार्यकर्ताले थुने

  • आइतवार, असार २२, २०७६
सेयर गर्नुहोस् :
कैलालीमा मध्य रातमा नगरपालिकामा भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव कार्यकर्ताले थुने

कैलालीको लम्कीचुहा नगरपालिकामा मध्य रातमा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहका कार्यकर्ताले थुनेका छन्। आज राती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको हो।

विप्लवका एक नेताले दिनेश खबरसंग भने,‘मध्य रातमा शंकास्पद रुपमा नगरपालिकाको लेखा शाखामा काम गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधी  भेटिएपछि पार्टीको भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत बाहिरबाट ताला लगाएर थुनेका हौँ।’ ती नेताका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी समेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पनि कर्मचारी थुनिएको कुरा पुष्टि गरेको छ तर जनप्रतिनिधी त्यहाँ थिए थिएनन् भन्ने कुरा खुलाएको छैन्।

कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कर्मचारीहरु र जनप्रनिधी काम गरिरहेको अवस्थामा बाहिरबाट ताला लगाईएको कुरा साचो भएको बताए तर ताला कसले लगाएको हो भन्ने कुरा खुल्न नसकेको बताए। नगरपालिका परिसरमा सेती महाकाली व्युरो लेखिएको पर्चा भेटिएको समेत उनले जनाए।

तर स्रोतका अनुसार नगरपालिकाका लेखापाल  सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार सहित केही जनप्रतिनिधी रातीको समयमा लेखा फाँटमा काम गरिरहेका थिए। नियम अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजे सम्म भएपनि लम्कीचुहा नगरपालिकामा भने विप्लव समूहका कार्यकर्ताले मध्यरातमा शंकास्पद काम गरिरहेको अवस्थामा कर्मचारी सहितका जनप्रतिनिधी थुनेको हो।   तर आज भने शनिबार भएकाले सबै सरकारी कार्यालय बन्द रहेपनि लम्कीचुहा नगरपालिकामा भने मध्य रातमा समेत काम भइरहेको भेटिएको हो। दिनेश खवरबाट शाभार गरिएकाे समाचार

चर्चामा

सम्बन्धित समाचार