बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • मालिकाले ११ औँ राष्ट्रपति शिल्डको उपाधी हातमा लियाे

मालिकाले ११ औँ राष्ट्रपति शिल्डको उपाधी हातमा लियाे

  • शुक्रबार, असार २०, २०७६
मालिकाले ११ औँ राष्ट्रपति शिल्डको उपाधी हातमा लियाे

बडीमालिका खवर
बाजुरा २० असार
जिल्लामा संचालन भएको ११ औ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति बाजुराले बुधबारदेखि सुरु गरेको उक्त शिल्ड प्रतियोगिता आज सम्पन्न भएको आयोजकले जनाएको छ ।
रनिङ्ग शिल्ड प्रतियोगितामा मालिका नमुना माध्यमिक विद्यालयले हात पारेको छ । हरेक वर्ष शिल्ड जित्दै आएको उक्त विद्यालयले यो वर्ष पनि रनिंग शिल्डको उपाधी जितेको हो ।
रनिंग शिल्ड प्रतियोपगतामा मालिका नमुना माविले १६ स्वर्ण,९ रजत र ३ कास्य गरी २८ पदक जित्दै प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत बहादुर थापाले बताउनु भएको छ ।
विद्यालयले एथ्लेटिक्स,दौड,कवड्डी,भलिवल गरी विभिन्न पदक जित्दै शिल्डको उपाधी पाएको थापाले बताउनु भयो ।
यसैगरी प्रतियोगितामा भानोदय मावि द्धितिय भएको छ । उक्त विद्यालयले १ स्वर्ण,२ रजत र २ कास्य गरी ५ पदक जितेर द्धितिय भएको हो,भने रत्न माध्यमिक विद्यालयले २ स्वर्ण,३ कास्य गरी तृतिय भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हिरेन्द्र बहादुर रोकायाले जानकारी दिनु भएको छ ।


जिल्लाका ९ वटै स्थानीय तहले पालिका स्तरिय राष्ट्रपति रनिंग शिल्ड सकेपछि जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरिय रनिंग शिल्ड संचालन गरेको हो । शिल्ड प्रतियोगितामा ९ वटै तहका विभिन्न खृलमा प्रथम भएका विद्यालयहरु सहभागि भएका थिए ।
शुक्रबार सम्पन्न भएको शिल्ड प्रतियोगितामा जिल्ला समन्य समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले खेलकुद प्रतिको लगानीको प्रतिफल हासिल गर्दै गएकोले खुसी व्यक्त गर्नु भएको छ ।
उहाँले खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउदै जिल्लालाई देश भरी खेल क्षेत्रका माध्यमबाट चिनाउन आवश्यक रहेको बताउनु भएको छ ।
समापन कार्यक्रममा खेलकुद क्षेत्रका प्रशिक्षक जहरसिं थापालाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति बाजुराका कार्यालय प्रमुख लक्ष्मी बडुवालले बताउनु भएको छ ।
उहाँले हरेक वर्ष जिल्ला स्तरिय राष्टपति रनिंग शिल्ड प्रतियोगितामा महत्वपुर्ण योगदा पुर्याएकोले सम्मान गरिएको बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार