लक्ष्मीराज पाध्याय
बाजुरा १९ असार
हुदाँखादाको गैरसारकारी संस्थाको जागिर छोडेर तरकारी खेति गर्न शुरूवात गर्दा कुरा काट्नेको कमि थिएन । तर लक्ष्मण जोशी आफ्नो उद्वेश्यमा स्पष्ट भएका कारण बिचलित नभएर निरन्तर काममा लागिरहे । हाम्रो समाजमा पढ्लेखेका व्यक्तिले खेति किसान गर्नु हुदैन भन्ने भ्रम जोशीले तोडका छन् । बुढिनन्दा नगरपालिका १ साउनेगाउँका ३५ बर्षिया जोशी १ बर्षदेखी तरकारी खेतीमा आकर्षित भएका छन् । संस्थामा जागीर खाँदा महिनाभरी गाउँमा झोला बोकेर हिड्ने जोशी हाल स्थानीय बजारमा तरकारीका भारी लिएर जान्छन् । उनले फलाएका तरकारी कोल्टी बजार र कर्णाली करिडोरमा बनेको पिलुचौर बजारमा लैजाने दैनिकी बनेको छ । उहाँसंगै उहाँकी श्रीमतीलाई पनी तरकारीको गोडमेल गर्ने र तरकारी बजारमा लिने कामको दैनिकी बनेसंगै दुबै जनाको दैनिक फेरीएको छ । परम्परागत खेतीबाट तीन महिना पनि राम्रोसँग खान नपुग्ने जोशीको परिवारलाई संस्थाको जागीरले पनी केही नचल्ने भएपछी जोशी तरकारी खेती गर्न थालेको बताए । जोशी हाल दैनिक लगभग ४ हजारको तरकारी बिक्रि गर्ने गरेको बताए । वर्ष दिन खान पुग्ने गरी आम्दानी हुन थालेपछी धान खेतीबाट खासै आम्दानी नहुने जग्गामा तरकारी लगाउँदा मनग्गे आम्दानी हुने भएपछि जोशीको परिवार तरकारी खेतीमा लागेको लक्ष्मण जोशीले बताए । जोशीले भने ‘पहाडी क्षेत्रका अधिकाँश महिला बर्ष भरि खेतबारीमा काम गर्छन तर १ सयको मोवाइलमा रिचार्ज गर्नु परेमा, साबुन र सेम्फु किन्नु परेमा घरमुलिलाई गुहार्नु परेको अवस्थालाई चिर्नका लागी श्रीमतीलाई पनी तरकारी बेचेर आफ्नो खर्च चलाउन दिएको बताए” जोशीका दुबै जना हाल आ–आफ्नै तरिकाले तरकारी ब्यापार गर्ने र आफ्नै तरिकाले खर्च चलाउने गरेको जोशीकी श्रीमती लक्ष्मी जोशीले बताइन् । १२ बर्षसम्म संस्थामा जागीर गरेका जोशी समाज सास्त्र र शैक्षिक ब्यबस्थापनमा डिग्री पास गरेर गाउँमै नमुना कृर्षक बनेका छन् ।
बजार बाट पोलिथिनमा समान किनेर ल्याउनुलाई गर्भ ठान्ने डोकोमा तरकारी लिएर बजारमा बेच्न लाज मान्ने प्रबृतिलाई चिरेर पढेलेखेर पनी सफल कृषक बन्न सकिन्छ भन्ने उदाहरण जोशी एक पात्र बनेका छन् । स्थानिय बजारमा कैलाली डडेल्धुरा र भारत बाट आँउने तरकारीमा कमि ल्याउने उदेश्य राखेर राष्ट्रिय बाणिज्य बैक बाजुराबाट कृर्षी कर्जा अन्तरगत १५ लाख रिण निकालेर तरकारी खेतीमा लागेको जोशीले बताए । सामान्य तरकारी खेतीबाट सुरु भएको उहाँको तरकारी खेती अहिले ६ पाथी अर्थात ५ रोपनी जग्गामा बिस्तार गरेर तरकारी खेती गर्न लागेको बताए । उहाँको पूरै परिवार अहिले व्यवसायिक तरकारी किसान बन्न सफल भएको र कर्जामा रिण लिएर सपल ब्यबासायी बन्न पुगेको राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाका प्रबन्धक जितजंग सिहंले बताए ।
ब्यपारका लागी रिण लिन आएका जोशीलाई राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाका प्रबन्धक जितजंग सिहं र जिल्ला कृषी ज्ञान केन्द्रका निमित्त कायालय प्रमुख मिनप्रशाद जोशीले तरकारी खेतीमा लाग्न शुझाव दिएको र सोही अनुसार काम गर्दा हाल माशिक ६० हजार आम्दानी हुने गरेको जोशीले बताए ।
आजभोलि दिनमा जोशीको खेतबाट औषत ५० के.जि. टमाटर, हरियो सिमि, काँक्रा, भेडे खुर्सानी, अकबरे खुर्सानी, स्थानिय जातको खुर्सानी, फर्सी, भाण्टा, प्याज लगायत २० के.जि हरियो तरकारी बिक्री हुने गरेको बताए । पिलुचौर, भारतिकौषाडी, जुड्डी, चुलिगाड र कोल्टी बजारमा उनले फलाएको तरकारी बिक्री हुने गरेको छ । बजार मूल्य अन्य व्यापारीको भन्दा सस्तो, अर्गा्निक र ताजा भएका कारण ग्राहकको मन जित्न सफल भइएको उनको भनाइ रहेको छ ।
बारीमा अहिले काउली , बन्दा, टमाटर , फगायत फलफुल लटरम्म फलेको छ । धानबाली लागाउने खेतमा तरकारी लगाउन थालेपछी धान लगाउँदा तीन हजार बराबरको धान उत्पादन हुन्थ्यो । तरकारी खेती गर्दा एक सिजनमा ४० हजारको तरकारी बेचीसकेको जोशीले बताए । तरकारीले मूल्य पनि पाउने र अन्य खेती भन्दा राम्रो आम्दानी हुने भएपछी तरकारी खेतीमा आकर्षित बन्दै गएको जोशीको भनाई रहेको छ ।