बडिमालिका समचार
बाजुरा, १८ असार
सबै एक भएर लागे मात्र विकास सम्भब छ । स्थानिय, प्रदेश र केन्द्र सरकार बिच सहकार्य भएर लाग्नु पर्ने प्रतिनिधि सभाको सांसद लाल बहादुर थापाले वताए । एकमत नभएर लाग्ने हो भने यो ब्यबस्था असफल हुने वताए ।
जिल्ला समन्वय समिति बाजुराको प्रथम जिल्ला सभामा बोल्दै थापाले भने जनता निराशा भएका छैन्न, जनप्रतिनिधिका गतिबिधिले मात्र जति हुनु पर्ने त्यति नभएको उनले वताए । आ आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने अरुलाई दोष लगाउनु भन्दा पहिला आफ्नो दाहित्व बहन गर्नु पर्ने वताए । साथै अब कृषिलाई ब्यबसायिक बनाए पछि बाजुरा समृद्धि हुने, बिभिन्न क्षेत्रलाई पकेट क्षेत्र बनाई कृषिमा जोडदिनु पर्ने वताए । साथै स्थानिय तह, प्रदेश सँग बाजुराको बिकासमा जहिले सहकार्य गर्ने वताए ।
अर्को प्रसंग बोल्दै थापाले भने सासंद विकास कोषको रकम बिनियोजन निति नियम सगँत भएको वताए । साथै जिल्ला समन्वय समितिले पनि आफुले पाएको अधिकार अनुरुप काम गर्नु पर्ने वताए । त्यस्तै नगरसभामा बिशिष्ट अतिथिको पद बाट बोल्दै आन्तरीक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले प्रदेश बाट बाजुराको विकासका लागि परेको वताए । बाजुरालाइ समृद्धि बनाउनका लागि प्रदेश सरकार लागेको बताए ।
जिल्ला समन्वय समिति बाजुराको प्रथम जिल्ला सभामा प्रदशे सासंद बल्देब रेग्मि, स्थानिय तहका जनप्रतिनिधि कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो । प्रथम जिल्ला सभाको अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले गरेका थिए । सञ्चालन समन्वय अधिकारी तिर्थराज भट्टराईले गरेका थिए ।