शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • दुर्गम गाँउमा निशुल्क प्रजनन स्वास्थ्य शिबिर

दुर्गम गाँउमा निशुल्क प्रजनन स्वास्थ्य शिबिर

  • बुधबार, असार १८, २०७६
दुर्गम गाँउमा निशुल्क प्रजनन स्वास्थ्य शिबिर

बडिमालिका समचार
असार, १८ बाजुरा
स्वास्थ्य कार्यलय बाजुराले बाजुराका दुर्गम गाँउमा निशुल्क स्वास्थ्य शिबिर गरेको छ । स्वास्थ्यको पहुँच, गर्भवति महिलालाईको चेकजाँच, पाठेघर खस्ने सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको स्वास्थ्य कार्यलय बाजुराका परिवार नियोजन सुपर भाइजर सुर्य बिष्टले वताएका छन् ।
जिल्लाका स्वाकिकार्तिक खापर, जगन्नाथ, हिमाली, खप्तडछेडेदह गाँउपालिमा बिशेषज्ञ चिकित्सक सहित निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको स्वास्थ्य कार्यलय बाजुरा प्रमुख अशोक सिंहले वताएका छन् । बिकट गाँउका महिलाको स्वास्थ्य अबस्था कमजोर स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेकाले निशुल्क प्रजनन स्वास्थ्य शिबिर गरेको सिंहले वताएका छन् ।
जगन्नाथ गाँउपालिकामा सञ्चालन भएको शिबिर बाट २ सय ८ जनाले गर्भवति जाँच, २ सय ६ जनाको पाठेघरको जाँच गरिएको थियो । त्यो मध्ये १२ जनाको पाठेघर खस्ने समस्या र २ जनालाई क्यान्सरको सम्भाबना रहेको परिवार नियोजन सुपर भाइजर सुर्य बिष्टले वताए । स्वामिकार्तिक गाँउपालिकामा गर्भवति जाँच १ सय ५० र पाठेघरको चेकजाँच १ सय ७१ जना ले गराएको थियो, त्यो मध्ये १० जनाको पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
हिमाली गाँउपालिकामा ४ सय १६ जना महिलाको गर्भवती जाँच, पाठेघर खस्नेको जाँच १ सय ६३ जनाले गराएको ति मध्ये ६ जनाको पाठेघर समबन्धि समस्या देखिएको छ । खप्तडछेडेदह गाँउपालिमा २ सय ८० जनाले गर्भवति जाँच, पाठेघर खस्ने चेकजाँच १ सय ५१ जनाले गरेको ति मध्ये १७ जनाको पाठेघर खस्ने सम्बन्धि समस्या देखिएको स्वास्थ्यकर्मीले वताएका छन् ।
प्रजनन स्वास्थ्य शिबिर बाट पाठेघर खस्ने सम्बन्धि समस्या भएका धेरै महिला भेटिएको परिवार नियोजन सुपर भाइजर सुर्य बिष्टले वताए । उनिहरुले आर्थिक अबस्था कमजोर र लाज मान्ने कारणले रोग पालि रहेका पाईएको उनले वताए । दुर्गम गाँउमा स्वास्थ्य शिबिर बाट पहुँच भन्दा बाहिर रहेका महिलाहरुले सेवा पाएको हिमाली गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार