• होमपेज
  • समाचार
  • जीप दुर्घटना : ६ जना घाइते

जीप दुर्घटना : ६ जना घाइते

  • सोमवार, असार १६, २०७६
जीप दुर्घटना : ६ जना घाइते

डोटी: डोटीमा सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आदर्श गाउँपालिकाको मौवादहबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जीप साइली गाडनजिकै गजेडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

दुर्घटनामा चालक कटक सिलाल गम्भीर घाइते भएको धामीले बताए। दुर्घटनामा सायल गाउँपालिका १ कौराडीका २७ वर्षीय राजु दमाई, ५ वर्षीय बाडुली नेपाली, कौराडीकै ३५ वर्षीय टीका नेपाली, आदर्श गाउँपालिका ७ सातलका १२ वर्षीय महेश नेपाली र २६ वर्षीय रमेश नेपाली घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पतालमा ल्याइएको छ।

‘प्रारम्भिक अनुसन्धानमा जीप मोड काट्न खोज्दा दुर्घटना भएको देखियो।’ प्रहरी नायब उपरीक्षक धामीले भने ‘ घटनाको थप अनुसन्धान भइरहेको छ।’ जीप सडकबाट ५०/६० मिटर तल खसेको छ।

चर्चामा

सम्बन्धित समाचार