शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्री कपको लागी बाजुरा क्याप्समबाट चार जना छनोट

प्रधानमन्त्री कपको लागी बाजुरा क्याप्समबाट चार जना छनोट

  • सोमवार, असार १६, २०७६
प्रधानमन्त्री कपको लागी बाजुरा क्याप्समबाट चार जना छनोट

पदमबहादुर सिंह
बाजुरा १६ असार  । काठमाण्डौमा हुन लागेको ४ औ अन्तर बिश्व बिद्यालय खेलकुद प्रतियोगीता प्रधानमन्त्री कप राष्ट्रिय प्रतियो गीताको लागी बाजुरा क्याप्सबाट चार जना खेलागी छनोट भएका छन् । असार १४ गते शुदुरपश्चिम विश्व बिद्यालयकको तर्फबाट महेन्द्र नगरमा भएको छनोट खेलबाट खेलाडी छनोट भएको बाजुरा क्याम्पस प्रशासन हेड मदनराज जैशीले जानकारी दिएका छन् ।
शुदुरपश्चिम प्रदेशका १४ ओटा आंगिक क्याम्पस र एक केन्द्रिया क्याम्पसको छनोट खेलमा सवै जिल्लालाई पछि पार्दै ब्याटम्यन्टिन तर्फ बाजुरा क्याम्पसका बिद्यार्थि प्रकाश रावल प्रथम भएका छन् । त्यस्तै महिला भलिभल तर्फ मञ्जु रोकाया, जुना रावल र पुरुष भलिभल तर्फ विशाल रोकायाले उकृष्ट खेत प्रर्दशन गरे पछि राष्ट्रिय प्रतियोगीताको लागी छनोट भएका छन् ।
प्रधानमन्त्री कप राष्टिय प्रतियोगीता असार २६ गते देखी काठमाण्डौमा हुने भएको छ । शुदुरपश्चिम बिश्व बिद्यालय अन्र्तगत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुबाट सवैभन्दा बढी बाजुरा क्याम्पसबाट भएको क्याम्पस प्रमुख सुरेशराज पण्डितले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार