• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका यादकार तीन वटा मुक्तकहरु

कलक राेकाया सानुका यादकार तीन वटा मुक्तकहरु

  • सोमवार, असार १६, २०७६
कलक राेकाया सानुका यादकार तीन वटा मुक्तकहरु

१. ज्यान त्यान गरी जिन्दगी जिउदैछु यार,

अमृत भनी बीस अाजकाल पिउदैछु यार।

जे जसरी बित्याे जिन्दगीकाे यात्रा यहाँ ,

बिगत सम्झि रुदै मन मुटु सिउदैछु यार ।

२. याद अाउन्छ अनि मुटु पाेल्छ केगरु,

सम्झि रुदै मन भित्र बाेल्छ केगरु।

झुटाे माथि बिश्वास गरी तारीप गर्दा,

बिपनाले सत्य कुरा खाेल्छ केगरु।

३. गल्ति उस्कै मैले सहनु धेरै रैछ,

भित्रि मन सम्झि बहनु धेरै रैछ।

मन तन मिल्ला दुई दिने जीवन,

बाचुन्जेल यादैयाद रहनु धेरै रैछ।

-कलक राेकाया सानु

गाैमुल गाउपालिका वडा नं. ०६

सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार