बडिमालिका समाचार
बाजुरा १५ असार । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आयोजनामा बाजुरा जिल्लाको सदरमुकाम मार्तडी र अछाम जिल्लाको साफेबगर नगरपालिकामा नि शुल्क बध्याकरण तथा खोप सेवा शिवीर सम्पन्न भएको थियो ।
मार्तडीमा २७ र साफेबगरमा ३८ ओटा कुकुरहरुको निशुल्क बध्याकरण तथा खोप सेवा प्रदान गरेको बताईएको छ ।
कुकुर टोकाईबाट रेविज, ल्याप्रोस्पाईरोसिस जस्ता रोगहरु लागेने भएकोले यो रोग मानिसमा पनि सर्ने भएकोले रोग सरेमा दुबैको मृत्यू हने भएकोले यस्ता रोगहरुबाट बच्नको लागी शिवीकारको आयोजना गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शंकर भाण्डेले जानकारी दिएका छन् ।
शिवीरबाट कुकुरहरुलाई नियमीत खोप दिनु पर्ने कुरा समेत जानकारी गराएको अधिकृत्त शिद्धराज जैहीले बताए । निशुल्क औषधिसमेत वितरण गरेको जैहीले जानकारी दिएका छन् । शिबिरमा भुमी ब्यवस्थापन कृर्षि तथा सहकारी मन्त्रालय धनगढीबाट पाँच जना पशु चिकित्सकहरुले सेवा दिएका थिए ।
मार्तडीमा संचालन भएको शिवीरको प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र कुमार रोकाया र विशिष्ट अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुावाल रहेका थिए त्यस्तै अतिथिहरुमा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल अध्य सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।
भने अछामको साफेबगरमा संचालन भएको शिवीरमा प्रमुख अतिधि साफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुवर रहेका थिए भने स्वास्थ्य शाखा प्रमुख पत्रकार लगाएतको उपस्थिति रहेको कुरा बताईएको छ । शिवीर मार्तडीमा असार १२ गते र साफेबगरमा १३ गते संचालन भएको थियो ।