शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • भित्री बस्त्र कस्तो लगाउने ?

भित्री बस्त्र कस्तो लगाउने ?

  • आइतवार, असार १५, २०७६
भित्री बस्त्र कस्तो लगाउने ?

हामी भित्री पहिरन अर्थात इनर वेयरमा त्यती ध्यान दिने गर्दैनौ, जति बाहिरी आवरणमा दिने गर्छौ । बाहिरी लुगाफाटो छनौटमा हामी निकै ध्यान दिने गर्छौं । कस्तो रंग लगाउने, कुन साइजको लगाउने ? डिजाइन वा स्टाइल कस्तो लगाउने ?

भित्री लुगा भने जस्तोसुकै भएपनि काम चल्छ । हामीलाई यस्तै लाग्छ । भित्री लुगा कसैले देख्दैनन् । त्यसैले त्यसको रंग, डिजाइनमा ख्याल गर्दैनौ । गुणस्तरको त कुरै छाडौं ।

हामी प्रायः ब्रा-पेन्टि जस्ता पहिरनको चर्चा गर्न समेत लजाउँछौं । वास्तवमा यी पहिरन भनेका शरीरका अंगसंग प्रत्यक्ष जोडिने भएकाले यीनको खरिददारीमा विशेष ध्यान दिनु अनिवार्य छ ।

ब्रा किन्ने बेलामा तीनको रंग, कपडाको गुणस्तर तथा बनावटमा विशेष ध्यान दिनु पर्छ । त्यसका साथै ती पहिरन आफ्नो शरीरमा फिट हुने खालका छन् कि छैनन् भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनु पर्छ ।

एउटा सर्वेक्षणले के देखाएको छ भने विश्वका करिव ८० प्रतिशत महिलाहरु गलत आकार र प्रकारका ब्रा लगाउने गर्दछन् । रमाइलो कुरा के छ भने आफूले लगाइरहेको ब्रा आफ्नै लागि उचित छैन भन्ने कुराको जानकारी उनीहरुलाई नै नभइरहेको हुन्छ ।

भित्री पहिरन भएकाले बाहिरबाट कसैले देख्दैन भन्ने सोचेर नै अधिकांश महिलाहरु आफूलाई फिट नै नहुने आकारका ब्रा लगाएर हिंडिरहेका हुन्छन् । त्यस्ता नमिलेका ब्राको प्रयोगले उनीहरुलाई नै असहज महसुस भैरहेको हुन्छ । त्यसैले पनि ब्रा किन्ने बेलामा नै केही कुरामा ध्यान दिन सकियो भने यसले महिलाको स्वास्थमा समेत सकारात्मक प्रभाव पार्छ भने हिँडडुल गर्न सहज पनि हुन्छ ।

कसरी गर्ने त सही ब्राको छनोट ?

-धेरै फिटिङ्स अथवा धेरै खुकुलो ब्राले तपाईंले लगाएको बाहिरी पहिरनको सुन्तरतालाई बिगारिदिन्छ । त्यसैले आफूलाई फिट हुने ब्रा नै किन्नु पर्छ ।

-सस्तो पायो भन्दैमा जथाभावी ब्रँ किन्नु हुँदैन । ब्रा किन्नका लागि ब्रान्डेड स्टोर नै छनोट गर्नु पर्छ । ब्राण्डेड स्टोरमा गुणस्तरीय तथा उचित आकार-प्रकारका ब्रा पाउन सकिन्छ ।

-आफुले किन्न लागेको ब्राको कप तथा बेल्ट कत्तिको गुणस्तरीय छ, त्यसमा ध्यान दिनु पर्छ ।
-ब्रा किन्दा आफ्नो शरीरको बनावट अनुसार नै किन्नु पर्छ ।
-ब्रा आफ्नो शरीरमा फिट छ कि छैन भन्ने कुरा परीक्षण गर्नका लागि कुममा हुने बेल्ट एक-दुई इन्च खुकुलो भएको हुनुपर्छ ।

-ठूलो छाती भएका महिलाहरूले छोटो आकारको ब्रा लगाउनु राम्रो मानिन्छ । सानो छाती भएका महिलाहरूले ठूलो ब्रा लगाउनुको सट्टा पेन्डेड, मेक्सिमाइजर, पुसअप जस्ता ब्रा लगाउनुपर्छ ।

पहिरन अनुसारको ब्रा

-ब्याकलेस अथवा अफ सोल्डर वान पिस पहिरन लगाएको बेला ब्याकलेस ब्रा कप्स नै लगाउनु पर्छ ।
-वेस्ट साइज छोटो भएको पहिरनमा क्लिवेज देखिन्छ भने पुसअप ब्रा लगाउनुपर्छ ।

-मोटा महिलाहरूले कार्सेट ब्रा लगाउनु पर्छ । इवनिङ वेयर्सका साथमा कार्सेट ब्रा लगाउँदा ब्रेस्टलाई सपोर्ट पनि हुन्छ र शरीर पनि आकर्षक देखिन्छ ।

-औपचारिक पहिरनमा फुल कप ब्रा उत्तम मानिन्छ । यसले स्तनलाई सपोर्ट गर्नुका साथै शरीरको माथिल्लो भागलाई पनि सुन्दर देखाउन मद्दत गर्छ ।

-स्टेप निकाल्न र पुनः लगाउन सकिने ब्रा पनि बजारमा उपलब्ध छन् । त्यस्ता ब्रा लगाउन सहज हुनुका साथै शरीरको सुन्दरता बढाउन सहयोगी हुन्छन् ।

चर्चामा

सम्बन्धित समाचार