• होमपेज
  • देश/प्रदेश
  • नदिमा डुबेर २ जनाको मृत्यु,एक जना घाईते

नदिमा डुबेर २ जनाको मृत्यु,एक जना घाईते

  • शनिबार, असार १४, २०७६
नदिमा डुबेर २ जनाको मृत्यु,एक जना घाईते

बडिमालिका समाचार

कैलाली १४ असार   । कैलालीको लम्कीचुहा नगरपालिका र चिसापानीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

लम्कीको रोरा नदीमा नुहाउने क्रममा डुबेर लम्कीचुहा नगरपालिका २ का १५ वर्षीय मिलन उपाध्याय को मृत्यु भएको छ भने चिसापानीमा रानी जमरा गुलरिया सिचाई आयोजनाको नहरमा डुबेर कृष्ण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनायको छ ।

चिसापानीमा वनभोज खान आएको र नहरमा नुहाउँने क्रममा ओलीको डुबेर मृत्यु भएको प्रहरीले जनायको छ । दुवै जनाको घटना स्थलमा मुचुल्का उठाउने काम भइरहेकाले केही बेरपछि शव परिक्षणका लागि अस्पताल लगिने जिल्ला प्रहरी कार्यालय कैलाली ले जनायको छ । घाईतेको लाल रत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनायको छ

चर्चामा

सम्बन्धित समाचार