• होमपेज
  • देश/प्रदेश
  • १४२ दलित परिवारलाई (सौर्य बत्ती) सोलार सेट वितरण

१४२ दलित परिवारलाई (सौर्य बत्ती) सोलार सेट वितरण

  • शनिबार, असार १४, २०७६
१४२ दलित परिवारलाई (सौर्य बत्ती) सोलार सेट वितरण

असार १३, अछाम
चौरपाटी गाउँपालिकाका १४२ दलित परिवारलाई -सौर्य बत्ती_ सोलार सेट वितरण गरिएको छ । गाउँपालिकाको छरिएर रहेको बस्तीमा बिद्युत सेवा बिस्तार गर्न कठिनाई हुने हुदाँ ग्रामीण क्षेत्रका दलित घर परिवारका लागि सोलार सेट बितरण गरिएको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिनु भयो ।

गाउँपालिकाका सात वडा मध्ये ५ वडामा विद्युत सञ्चालन भए पनि छरिएर रहेका घर परिवार उज्यालोबाट वञ्चित भएका नागरिकले अध्यारोमा बस्न नपर्ने भन्दै -सौर्य बत्ती_ सोलार सेट वितरण गरिएको अध्यक्ष साउँदको भनाई रहेको छ । गाउँपालिकाको पहलमा बैकल्पिक उर्जाको सहयोगमा  गरिब दलित घर परिवारलाई सोलार सेट बितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा हाम्रो घाम उज्यालो बस्तिको नारालाई आफ्नो नीति तथा कार्यक्रम समेत पारित गरि सकेको छ ।

चर्चामा

सम्बन्धित समाचार