प्रकाश सिंह
बाजुरा, १२ असार
बुढिन्नदा नगरपालिका बाट तस्करी भइरहेकाे जडिबुटि, ठेकेदार, भरीयालाइ प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लगेको छ । अनुमति बिना बुढिन्नदा नगरपालिका ४ बाट संकलन गरि भरीया मार्फत ढुवानी गरेर गोदाममा जम्मा गरीरहेका बेला बुढिन्नदा नगरपालिकाको बिरसैनमा प्रहरी र बन कर्मचारीको संयुक्त टोलीले प्रक्राउ गरेको छ ।
प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले १२ बोरा सेतकचिनि, १ बोरा सुगन्धवाल र १ बोरा कटुकी गरि ४ सय ६३ केजी नियन्त्रणमा लगेको सिप पादुका सब डिभिजन बन कार्यलय बन रक्षक जयलाल बिकले वताएका छन् । साथै ठेकेदार र भरिया समेत नियन्त्रणमा लगिएको छ । ठेकेदार नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने ४५ बर्षका गगन राना र ४२ बर्षका नारद गिरी रहेको इलाका प्रहरी कार्यलय कोल्टि बाजुराका सई शेर बहादुर कुबरले वताएका छन् । त्यस्तै बुढिन्नदा नगरपालिका ४ का जडिबुटि बोक्ने १२ जना भरियालाई पनि प्रहरीले नियन्त्रणमा लगेको छ । नियन्त्रणमा लगिएको जडिबुटि, ठेकेदार र भरियालाई जिल्ला प्रहरी कार्यलय बाजुरामा झिकाइएको बाजुरा प्रहरी प्रमुख उद्धब सिंह भाटले वताएका छन् ।
डिभिजन बन कार्यलय बाजुराका डिभिजनल बन अधिकृत भिम प्रसाद कडेलले भने गैर कानुनी रुपमा जडिबुटि निकाशि गर्नेलाइ कार्यवाहिका लागि अदालतमा मुद्धा चलाईने वताएका छन् । सेतकचिनि संकलन र निकाशि बन्द गरिएको उनले वताए । ठेकेदार नारद गिरिले छुटपुर्जिको कागज देखाएको भएपनि उक्क्त कागज भने गएको बर्ष अबैध रुपमा संकलन भई अदालत बाट लिलाम बिक्रि लागि निकालिएको जडिबुटिका लागि छुट दिईएको कागज रहेको बुझिएको छ । उक्क्त जडिबुटि अहिले पनि बुढिन्नदा नपाको वडा कार्यलयमा नै शिलबन्दी रहेको वडा अध्यक्ष राजन रोकायाले वताएका छन् ।
ठेकेदारले कागज अर्को जडिबुटिको देखाएर अरु गैर कानुनी रुपमा संकलन भएको जडिबुटि जिल्ला बाट तस्करी गरेको खबर पाएपछि नियन्त्रणमा लिएको पादुका सब डिभिजन बन कार्यलयले जनाएको छ । यो सरासर तस्करी रहेको एक कर्मचारीले बताएका छन् । सेतकचिनि जडिबुटि नेपालका ९ वटा जिल्लामा पाईने गरेको छ । यसमा पनि सबै भन्दा बाजुरा जिल्लामा यो जडिबुटि पाईने गरेको छ ।
सेतक चिनि नामक जडिबुटिको माग बढेपछि यसको उत्खन्न, संकलन तस्करी बढदै गएको पाईएको छ । नेपालि बजारमा प्रति केजी ५ सय ७ सय सम्म पर्ने गरेको छ । बाजुरा जिल्लामा मात्र प्रत्येक बर्ष १ लाख १९ हजार केजी संकलन गर्नपाँउने जिल्ला वन कार्यलय बाजुरको कार्ययोजनामा छ । सरकारलाई ठेकेदारले उत्खन्न गरे बाफत प्रतिकेजी ५ रुपैया राजस्व तिर्नु पर्ने हुन्छ । यसको माग बढे सँगै मनोमानी रुपमा संकलन पनि बढदै गएको स्थानियले वताए ।
पहाडी जिल्लामा पाइने सेतकचिनि जस्तै कटुकी, पाचऔले भुल्ते सेतकचिनी लगायत करोडौंको जटिबुडी इजाजत पत्रबिना संकलन र हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको पटक पटक सुचना आइरहने गरेका छन् । तस्करले चोरी छिपी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रति स्थानीय जडिबुटी व्यवसायी समेत आक्रोशित छन् । जिल्लामा जटिबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिन लगायत देश बाहिर लिने गरिरहेका छन् ।