रियो दी जेनेरियो : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा समूह चरणका खेल सकिएको छ । मंगलबार बिहान भएको खेलमा उरुग्वेले साविक सवजेता चिलीलाई पराजित गरी समूह सीको सपवेता बन्न सफल भयो । खेलको अन्तिमसम्म गोलरहित बराबरी रहेकोमा ८२ औं मिनेटमा काभानीले गोल गरी उरुग्वेलाई महत्वपूर्ण जित दिलाए । ७ अंक बनाएको उरुग्वे समूह विजेता बन्न सफल भयो । ६ अंक रहेको चिली उपविजेता बन्दै क्वाटर फाइनलमा प्रवेश गर्यो
अर्काे खेलमा जपान र इक्वडर बराबरी खेले इक्वडरसँग बराबरी १–१ को बराबरी खेलेपछि उत्कृष्ट तेस्रो टोली हुँदै क्वाटर फाइनल पुग्न जपान असफल बन्यो । २ अंक बनाएको जापान समूह बी को पराग्वेसँग गोल अन्तरमा पछि परी प्रतियोगिताबाट बाहिरियो । १ अंक रहेको इक्वइडर पनि कोपा अमेरिकाबाट बाहिरिएको छ ।
समूह यसअघि नै ब्राजिल, भेनेजुएला र पेरु नक आउट चरणमा पुगिसकेका छन् । समूह बी बाट कोलम्बिया र अर्जेन्टिनाले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका थिए । समूह बी कै पेरु समूह सीको जापान र इक्वइडरको आजको खेलमा अनुकुल नतिजा आएपछि क्वाटर फाइनल पुग्न सफल भयो । जापान र इक्वइडर मध्ये एक टोलीले जितेको भए जित्ने टोली नै क्वाटर फाइनल पुग्थ्यो । कतार र बोलिभिया पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।
क्वाटर फाइनलका खेल शुक्रबारबाट हुनेछ ।