धनगढी, १२ असार । कैलालीमा बलात्कारका घटना बढ्दै गएका छन् । कैलालीमा बर्षेनि दोब्बरका हिसावले बलत्कारका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा ३० बलत्कारका घटना दर्ता भएकोमा त्यो सख्या बढेर गत आर्थिक वर्ष २०७४÷०७५ मा ४१ बलत्कारका घटना दर्ता भएका छन । चालू आर्थिक वर्षको हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा जबरजस्ती करणीका ७२ घटना दर्ता भएका छन् । प्रहरीमा दर्ता भएका बलत्कारका घटनाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
ग्रामिण क्षेत्रमा घट्ने कतिपय घटना त गुपचुममा राखिने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीको सक्रियतासँगै यस्ता घटना बाहिर आउन थालेको बस्नेतले बताए । खुल्ला सिमा नाकाका कारण बढ्दै गएको लागुऔषध प्रयोगका कारण घटना बढ्दै गएको उनको भनाइ छ ।