काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गरिने भएको छ। उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने ।नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।
एसईईको नतिजा हेर्न
https://results.ekantipur.com/see-results-2075-2076-with-marksheet.php
उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ । परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए।बोर्डका अनुसार एसईईको नतिजा हेर्न मोबाइल फोनबाट सिम्बोल नम्बर टाइप गरेर एसएमएस गर्दा आउने व्यवस्था मिलाइएको छ ।
यसका लागि ३१००३, ३१००७, ३४९४९, ३५००१ र १६०० मा एसएमएस पठाउनुपर्नेछ ।यसका अतिरिक्त शिक्षा मन्त्रालयको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय, अनलाइन खबर, इडीयू सञ्जाल, नेपाल टेलिकम, एनसेल र कान्तिपुर पब्लिकेसनको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने व्यवस्था छ ।