• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका पाँच पर्यटकीय करिडोर निर्माणका लागि साढे १३ करोड बजेट

सुदूरपश्चिमका पाँच पर्यटकीय करिडोर निर्माणका लागि साढे १३ करोड बजेट

  • बुधबार, असार ११, २०७६
सुदूरपश्चिमका पाँच पर्यटकीय करिडोर निर्माणका लागि साढे १३ करोड बजेट

सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थललाई जोड्ने गरी प्रदेश सरकारले करिडोर निर्माणको अवधारणा ल्याएको छ। प्रदेश सरकारले आईतबार प्रदेशसभामा अगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा पर्यटकीय करिडोर निर्माणको अवधारणा समावेश गरी बजेट विनीयोजन गरेको छ। सरकारले प्रदेशमा पाँच वटा करिडोर निर्माणका लागि भन्दै १३ करोड ५२ लाख ८५ हजार बजेट विनीयोजन गरेको छ।

खक्रौला–टीकापुर–कर्णाली पर्यटकीय करिडोर, महाकाली हंदुै दार्चुला–महाकाली नदी करिडोर, धनगढी–वुडर–वझाङ्ग कैलाश मानसरोवर करिडोर, खुटिया वीपिनगर–तेल्लेक–दिपायल–साफे–रामारोशन– बडिमालिका करिडोर, र झुलाघाट – खोड्पे– वझाङ्ग करिडोर गरी पाँच करिडोरका लागि उक्त बजेट छुट्याएको हो। जसमा प्रत्येक करिडोरका लागि दुई करोड ७० लाख ५७ हजारका दरले बजेट विनीयोजन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार