• होमपेज
  • देश/प्रदेश
  • breaking news : अछामका दुई वडा कार्यालयमा आगजनी

breaking news : अछामका दुई वडा कार्यालयमा आगजनी

  • मङ्लबार, असार १०, २०७६
breaking news : अछामका दुई वडा कार्यालयमा आगजनी

अछाम — सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।
भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेकोथियाे। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।
यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। कान्तीपुर दैनीकबाट शाभार

चर्चामा

सम्बन्धित समाचार