• होमपेज
  • बाजुरा बिशेष
  • पाँच सय बिस लिटर अबैध मदिरा नष्ट

पाँच सय बिस लिटर अबैध मदिरा नष्ट

  • सोमवार, असार ९, २०७६
पाँच सय बिस लिटर अबैध मदिरा नष्ट

बडीमालिका समाचार
बाजुरा ९ असार
जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले जिल्ला सदरमुकाम मार्तडीमा रहहेका होटलहरुबाट पाँच सय बिस लिटर मदिरा नष्ट गरेको छ । सदरमुकामका होटलमा लुकीछिपी अबैधरुपमा  घरेलु मदिरा बिक्रि बितरण गरेको बिषेश सुराकीको आधारमा सोमबार मात्र ५ सय २० लिटर अबैध मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको हो । बडिमालिका न.पा. ८ र ९ स्थित मार्तडी बजारमा रहेका होटल पसलहरूमा चेक जाँच गर्दा अवैध रूपमा बिक्रि वितरण गर्न लुकाई छिपाई राखेको ३५ लिटर अवैध घरेलु मदिरा, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ (पास) गरी ५ सय २० लिटर र भाडावर्तन समेत बरामद गरी यस कार्यालयमा ल्याई राजनैतिक दलका प्रतिनिधी, स्थानीयहरूको उपस्थितिमा कार्यालय परिसर भित्र नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ  ।
अबैध रुपमा उत्पादन गर्न लागेको मदिरा प्रहरीले अभियानकै रुपमा लिएको जुन ठाउँमा पंहरी पुग्छ साे ठाउँमा भेटिएकाे अबैध मदिरा नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धवसिहं भाटले बताएका छन् । बाजुरा जिल्लामा सबै भन्दा बढि घरेलु अबैध मदिरा भोटे जनजातीको घर तथा स्थानीय साना होटलमा भेटिने गरेको र यसले समाजमा बिकृती फैलाउने भएकोले अभियान नै चलाएर भए पनी नष्ट गर्ने गरेको प्रहरी प्रमुख भाटको भनाई रहेको छ । अबैध मदिरा उत्पादन गर्न कसैलाइ छुट नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख भाटले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले ९ महिनाको अवधिमा ठुलो मात्रामा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म १५ हजार ५ सय लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराको चलाएको अवैध मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उदेश्यले चलाएको अभियान अन्तरगत जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियातमा उक्त मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धवसिह भाटले बताएका छन् ।
मदिराकै कारण दैनिक जसो श्रीमान श्रीमति बीच झगडा हुने, समयमा काममा जान नपाउने, बालबालिकाको पढाईमा बाधा पुग्ने र घरपरिवारसंगै समाजमा हुन समेत कम भएकोले यस अभियानले राहत भएको स्थानीयले बताएका छन् । जिल्लामा हुने अपराधको अध्ययन अनुसन्धान गर्दै जाँदा जाडरक्सी सेवन, विकृतिको मुख्य कारकको रुपमा पाइयो, त्यसपछि अवैध मदिरा उत्पादन र सेवन रोक्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटको भनाई छ ।
खाद्यान्नको अभाव भइरहने बाजुरामा खाद्यान्नको प्रयोग गरि अबैध मदिरा बनाउन थालिए पछि जिल्ला प्रहरी कार्यालय बाजुराले कडा निगरानी गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार