काठमाडौं : प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन छिट्टै सुरु गर्न नेपाल र चीनबीच सहमति भएको छ । रेलमार्ग निर्माणका लागि बाँकी रहेको प्राविधिक अध्ययनलाई पनि अगाडि बढाइन चीन तयार देखिएको हो । रेलमार्ग निर्माण गर्नेबारे छलफल गर्न पाँचौँ बैठक यसै वर्ष मङ्सिर-पुसमा नेपालमा बस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।