• होमपेज
  • समाचार
  • बर्दियामा बस दुर्घटना : ३० यात्रु घाइते

बर्दियामा बस दुर्घटना : ३० यात्रु घाइते

  • आइतवार, असार ८, २०७६
बर्दियामा बस दुर्घटना : ३० यात्रु घाइते

काठमाडौँ ।  काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको छ ।

दुर्घटनामा ३० जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना ६ ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आज बिहान ४ बजे दुर्घटना भएको सोही बसमा रहेका बझाङका राज बुढाले बताए ।

बुढाका अनुसार बस चालक सिकारु भएकाले दुर्घटना भएको हो । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको हो ।

काठमाडौंबाट बिहान ११ः ३० बजे हिँडेको बस करिब भोलिपल्ट बेलुकी ४ बजे बझाङको सिमखेत बसपार्क पुग्ने गर्दछ ।

यसअघि पनि सोही बस नवलपरासीमा दुर्घटनामा परेको थियो । २०७३ साल जेठ ३ गते सोमबार उक्त बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठोक्किदा २० यात्रु घाइते भएका थिए ।-देशान्तरबाट साभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार