सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने

जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने

  • शनिबार, असार ७, २०७६
जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने

रमित बि.क. असार,७ बाजुरा — जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने रमित बि.क. असार,७ बाजुरा जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने भएको छ । जिल्लामा रहेका बालबालिकाको क्षमता र प्रतिभाको पहिचान गरी नौ वटै स्थानीय तहका प्रत्येक बिद्यालय बिद्यालयमा पुगी १९ बर्ष मुनीका बालबालिकाहरुलाई उतm आईडलमा छनोट गरिने भएको छ । लियो क्लव महाकाली कलासिक कञ्चनपूरको आयोजनामा स्पकिङ्ग आईडल २०१९ सञ्चालन हुने भएको छ । बालबालिकाहरुमा हुने अतभूत क्षमता र प्रतिभालाई अरु सामु प्रष्फुटन गरी उनीहरुको प्रतिभालाई थप प्रभावकारी अब्बल बनाउन स्पिकिङ्ग आईडल २०१९ सञ्चालन गरिने लागिएको लियो क्लव महाकाली कलासिक कञ्चनपूरका कोषाध्यक्ष सुरेश सुनारले बताउनुभएको छ । नौ वटै स्थानीय तहमा बालबालिकाहरु छनोट गरी सदरमुकाम मार्तडीमा जिल्ला स्तरिय स्पिकिङ्ग आईडल सञ्चलन गरी उतm आईडलबाट छनोेटमा परेका बालबालिकाहरुलाई प्रदेश स्तरमा लैजाने उनले बताएका छन् । कार्यक्रमका छनोट भएका बालबालिकाहरुलाई खान,बस्नको सबै व्यवस्था क्लवले लिएको बाजुरा संयोजक पारस रावलले बताएका छन् । स्थानीय तहका सबै बिद्यालयबाट बिद्यार्थी छनोट गरे पश्चात सदरमुकाम मार्तडीमा श्रावण १५ गते जिल्ला स्तरिय स्पिकिङ्ग आईडल २०१९ सञ्चालन गरिने लियो क्लव महाकाली कलासिक कञ्चनपूरका अध्यक्ष सविन रावलले बताउनुभएको छ । जिल्लामा छनोट भएका बालबालिकाहरु सुदूरपश्चिम प्रदेश स्तरिय स्पकिङ्ग आईडल २०१९ बाट छनोट गरिने भएको छ । सुदूरपश्चिम प्रदेश स्तरिय स्पकिङ्ग आईडल २०१९ मा ९ वटा जिल्लाबाट ५ जना छनोट गरिने भएको छ । प्रदेश स्तरमा उत्कृष्ट भएका बालबालिकाहरुलाई प्रथमलाई ३० हजार,द्धितियलाई १५ हजार,तृतियलाई ५ हजार सम्मको पुरस्कारको व्यवस्था गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार