मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • फिचर
  • ‘एउटी महिला बेश्या हुँदा सय जना पुरुष बेश्या हुन्छन्ः’ मिना ढकाल

‘एउटी महिला बेश्या हुँदा सय जना पुरुष बेश्या हुन्छन्ः’ मिना ढकाल

  • शनिबार, असार ७, २०७६
‘एउटी महिला बेश्या हुँदा सय जना पुरुष बेश्या हुन्छन्ः’ मिना ढकाल

काठमाडौँ ।  मनोज गजुरेलकी पुर्वपत्नी मिना ढकाल पछिल्लो समय समाजिक सञ्जालमा खुबै चर्चामा आउने एक पात्र हुन् । नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुमा पोष्ट गरेका शब्दकै कारण आलोचित हुने पात्रहरुका रुपमा चिनिने उनी शीर्ष स्थान मै छिन् ।

उनी कहिले बिछोड भएका पूर्व पती मनोज गजुरेलसँग जोडिएका अभिव्यक्तिले आलोचित हुन्छिन् त कहिले समसामयिक विषयको अभिव्यक्तिले चर्चामा हुन्छिन् । यतीबेला उनको फेसबुक स्टाटस झनै चर्चामा छ । स्टाटस पोष्ट गरेको ४ घण्टामा नै प्रतिक्रियाको संख्या १०० नाघेको छ । उनले स्टाटसमा भनेकी छिन् ।

एउटा पुरुषले हजार जनासँग यौन सम्बन्ध राख्दा सम्म पनि उ गतिलो मर्द कहलिन्छ, तर एउटी महिला स्वतन्त्र भै बाच्न खोज्दा चरित्रहिन हुन्छे, वाह तेरो समाज, तर याद राख एउटी महिला बेस्या हुदा १०० पुरुष बेस्या हुन्छ नि । जो जोसँग सम्बन्धित छ ।

उनको यो अभिव्यक्तिलाई केहीले सही भनेका छन् त केहीले गलत लेखेको भनेको छन् । केहीले आफ्नो इच्छामा भर पर्छ, समझदारीमा सहि ब्यक्तिहरुसँग सुरक्षित शारीरिक सम्बन्ध जस्ले जति जनासँग पनि राख्न सकिन्छ । शारीरिक सम्बन्धमा महिलापुरुष दुबैको उत्तिकै भुमिका रहन्छ ,भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार