• होमपेज
  • बाजुरा बिशेष
  • गहना बनाउने तालिमको समापन

गहना बनाउने तालिमको समापन

  • शनिबार, असार ७, २०७६
गहना बनाउने तालिमको समापन

रामबहादुर बिक
बाजुरा ७ असार
असार ३ गते देखी सरु भएको ७ दिने फेवरिक माला तथा किस्टल गहना बनाउने तालिम शनिबार एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ । ७ नि सम्म संचालन भएको तालिमबाट ३३ जना महिलाहरुलाइ तालिम दिईएको आयोजकले बताएको छ । समापन कार्यक्रम महक हाटेलमा समापन गरिएको थियो । बाजुरा हस्तकला संघ मार्तडी बाजुराको आयोजना र हस्तकला महासंघ काठमान्डौ , बडिमालिका नगरपालिका , त्रिवेणी नगरपालिका र गौमुल गाँउपालिकाको आर्थिक सहयोगमा सात दिन सम्म संचालन गरिएको कार्यक्रम शनिबार एक कार्यक्रम गरि समापन गरिएको आयोजकले बताएको छ । कार्यक्रममा विना रावल र पार्वती बोहाराले आफुले बनाएका माला लगाएर प्रमुख अथिती विशिष्ट अथिती, अथितीलार्इं स्वागत गरेको बिना रावलले बताइन । आफुले विषेश गरि बाजुराकी महिलाहरुलाई सिपमा आत्मनिर्भर बनाई उद्येमशिलता बनाउनका लागी उतm कार्यक्रमको संचालन गरिएको बाजुरा हस्तकला संघले बताएको छ । तालिममा बडिमालिका नगरपालिका , त्रिवेणी नगरपालिका र गौमुल गाँउपालिका गरी ३३ जनी महिलाहरु सहभागिता रहेको थियो । समापन कार्यक्रममा बाल्दै बडिमालिका नगरपालिका नगरउप्रपमुख कविता विष्टले महिलालाई उद्यमशिल बनाउन स्थानीय तहहरुको सहयोग जहिल्यै गर्ने र महिलाहरुको साथमा रहने बताइन । जिल्लाका महिलाहरु आत्मनिर्भर बनाउन नगरपालिकाले जुनसुकै बेला पनी सहयोग गर्ने बडीमालिका नगरपालिका उपप्रमुख बिष्टले बताईन । हाल जिल्लामा जती तालिम दिए पनी यहाँका स्थानीय कोही पनी ब्यबसायी बन्न नसकेको अबस्थामा यस तालिमले सार्थकता पाउने र यो तालिम पश्चात यहाँका महिलाहरुलाई ब्यबासायीक बनेको देख्न पाइयोस उपप्रमुख बिष्टको भनाई रहेको छ । बाजुुरामा बनेका गहनाहरुले बजारमा बिक्री गरी महिलाहरु आत्मनिर्भर बनेको देख्न मन छ उपप्रमुख बिष्टको भनाई रहेको छ । हामीले दिएको तालिमले बाजुराका महिलाहरुले आत्म निर्भर भएर यहाँको बजारमा यहाँकै स्थानीय उत्पादन बजार लिएको सुन्न पाउ बरिष्ठ प्रशिक्षक कमला सुबेदीले बताईन । ७ दिनसम्मको तालिम थोरै भए पनी बाजुराका महिलाहरुलाइ ब्यबासायीकता बनाउन एक इटा थप भएको बताईन । सुबेदीले भनिन आफुले नेपालका २३ हजार बढि महिलाहरुलाई उद्यमी बनाईसकेकोले बाजुराका महिलाहरु पनी उद्यमी बन्ने बिस्वास लिएको बताईन । तालिम तालिमको मात्र नभई यसलाइ ब्यबसायीक बन्न तालिममा सहभागी महिलाहरुलाई आग्रह गरेकी छन् ।
बाजुरा हस्तकला महासघ बाजुराका अध्यक्ष प्रेम बहादुर शार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट रहेकी थिई भने कार्यक्रमको संचालन मान बहादुर रोकायाले गरेको आयोजकले बताएको छ । त्यसै गरी बिशिष्ठ अतिथिमा गौमुल गाउँपालिका कार्यपालिका सदस्य पारु बिक, उद्योग बाणिज्य संघ बाजुराका बरिष्ठ उपाअध्यक्ष गोरख बोहरा, प्रशिक्षक कमला सुबेदी , प्रशिक्षक कल्पना प्रधान रहेका थिय ।

चर्चामा

सम्बन्धित समाचार