राजेन्द्र बहादुर रोकाया बाजुरा ६ असार
मानिसको हरेक समयको सारथीको रुपमा गीत संगीतलाई लिइन्छ । सुकेका र दुखेका घाउहरुमा गीत संगीतले मलम लगाउने काम गर्दछ । प्रतिसपर्धाको नेपाली गीत संगीको बिधामा जो सुकैले प्रवेश हुँनुु पनि फलामको चिउरा चपाउनु जस्तै होे तर प्रतिस्पर्धी सीत संगितमा गायिका सुमित्रा पण्डितले आफ्नो दोश्रो देउडा गीत बाजुराकी मैना बजारमा ल्याएकी छन । नेपाल छोडेर प्रवास जापानको भुमीमा अध्यापनमा ब्यस्त गायिका सुमित्राको यो दोश्रो कोसेली रहेको छ । गायक राम बहादुर दानीको शब्द संगीतमा रहेको यस बाजुराकी मैना नामक देउडा गीतमा बझाङ्ग जिल्लामा जन्मिनुँ भएका नव गायक देव उपाध्याय र सुमित्रा पण्डितको रहेको छ । गीतमा गायिका तथा मोडेल मनिसा दानी र धन बहादुर बि।सी।को अभिनय रहेको छ भने गीतको नृर्देशन,छयाङ्कन, सम्पादन भने गायक राम बहादुर दानीले गरेका छन । कारुणिक शब्द र लिपिवद्व संगीत रहेको यस गीतमा बाजुरा र बझाङ्ग जिल्लाको नाता सम्बन्धलाई जोडेको पाइएको छ । गीतमा भिनाजु र सालीको नाता सम्बन्धलाई माया प्रेमका कुराहरु जोडेर मैना वाज जस्ता शब्दहरु समायोजन गरिएका छन । सेती महाककाली म्युजिक प्रा।लि।को युटुव च्यानेलबाट बजारमा सार्वजनिक भएको यस गीतको बजार ब्यबस्थापन तथा उत्पादन पनि सेती महाकाली म्युजिक प्रा।लि।ले नै गरेको कम्पनीका प्रवन्ध निर्देशक एबं गायक राम बहादुर दानीले जानकारी दिएका छन ।