• होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघ बाजुरा शाखाको भवन निर्माणका लागी प्रदेश सरकारबाट बजेट बिनियोजन

पत्रकार महासंघ बाजुरा शाखाको भवन निर्माणका लागी प्रदेश सरकारबाट बजेट बिनियोजन

  • शुक्रबार, असार ६, २०७६
पत्रकार महासंघ बाजुरा शाखाको भवन निर्माणका लागी प्रदेश सरकारबाट बजेट बिनियोजन

बडीमालिका खवर
बाजुरा ६ असार
नेपाल पत्रकार महासंघ बाजुरा शाखाको भवन निर्माणका लागि सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट बिनियोजन गरिएको छ । पत्रकार महासघं बाजुरा शाखाको भवन निर्माणमा यो बर्ष ३० लाख बजेट बिनियोजन गरेको सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री प्रकाश शाहले बताएका छन् । पत्रकार महासघं बाजुरा शाखाको लामो समयदेखी भवन निर्माणका लागी बिभिन्न निकायमा गुहार गरेको भए पनी मन्त्रालयबाट ठुलो सहयोग मिलेको पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंले बताए । यस अघि भवनको जग्गा खरिदका लागि बाजुरा जिल्लाका सबै स्थानीय तहको सहयोग रहेको थियो भने अब भवन निर्माणमा मन्त्रालयले सहयोग रहने भएको छ अध्यक्ष सिहंले बताए । लामो समय देखी भवन बनाउन निर्णय गरेको भए पनी पत्रकार महासघं बाजुरा शाखाले यसै बर्ष जग्गा खरिद गरेको छ । भवन निर्माणका लागि पत्रकार महासघले बिभिन्न निकायको समन्वयमा अगाडी बढेको र अबको एक बर्षमा आफ्नै भवन निर्माण गरिसक्ने पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष सिहंले बताएका छन् । नेपाल पत्रकार महासघं बाजुरा शाखाको लामो प्रयास पछी आफ्नै भवन बन्ने पक्का भएको भएको छ ।
बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहको सहयोगमा जग्गा किनेको एक एक बर्ष नबित्दै भवन निर्माण कार्य पनी अगी बढेको पत्रकार महासघं बाजुरा शाखा सचिव प्रेम बिकले बताए । भवन बनाउन प्रदेश सरकारले दिएको आर्थिक सहयोगले भवन निर्माण अधुरो भएमा आउदो बर्षको बजेटमा समाबेश गरि पुरै भवन बनाउन सहयोग गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताएका छन् ।
पत्रकार महासघ बाजुराका अनुसार १ सय बर्ग मिटरमा अत्याधुनीक दुई तले भवन निर्माणको डिजाइन गरिएको पत्रकार महासघंले बताएको छ । भवन बनाउन प्रदेश सरकारले यस आर्थिक बर्षमा ३० लाख बजेट छुट्याएको छ भने अपुग बजेट पछिल्लो आर्थिक बर्षमा समाबेश गरिने मन्त्री शाहले बताएका छन् । सहयाेग गर्ने बाजुराका स्थानीय तह र आन्तरिक तथा कानुन मन्त्रालयलाइ अध्यक्ष सिहले धन्यबाद ज्ञापन गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार