• होमपेज
  • बाजुरा बिशेष
  • स्थानिय तहमा डोजर आतंक, दर्जनौ गाँउ पहिरोको जोखिममा

स्थानिय तहमा डोजर आतंक, दर्जनौ गाँउ पहिरोको जोखिममा

  • शुक्रबार, असार ६, २०७६
स्थानिय तहमा डोजर आतंक, दर्जनौ गाँउ पहिरोको जोखिममा

बडिमालिका समचार
बाजुरा, ६ असार
बाजुराका स्थानिय तहले मनोमानी रुपमा डोजर सञ्चालन गर्दा बाजुराका दर्जनौ बस्ति पहिरोको जोखिममा रहेका छन् । वाताबरणीय अध्ययन बिना नै डोजरले सड्क खन्दा बस्ति मात्र नभई जंगल फडानी गर्ने काम समेत भएको छ ।
गाउको माथि बाट डोजर सड्क निर्माण गर्दा बडिमालिका नगरपालिका –१ मैमातोलाको बस्ती नै पहिरो उच्च जोखिममा रहेको छ । घर माथि बाट सडक निर्माण गर्दा स्थानियले रोक्न खौज्दा पनि जबरजस्ती सड्क डोजर खनेर लगे । अहिले मैमातोलाका १० परिवारको उठिवास भएको छ । उनिहरु अहिले पानि आएको बेला गाँउ बाट तल टाढा गएर चौरमा पाल टागेर बस्ने गरेका छन् । हिँउदको बेला सड्क बन्यो अब विकास भयो भन्ने लागेको थियो, अहिले त माथि बाट पहिरो आउदा उल्टै बिनाश भएको स्थानिय नरि बिष्टले वताए । २० मुरी धान फल्ले खेत भने पहिरोले छापिसकेको उनले वताए ।
सदरमुकाम मार्तडी देखि गौमुल गाउपालिका सम्म जोड्ने यो सडक निर्माण गर्दा गाउका दर्जन बढि किसानको खेतबारी पहिरोमा परिणत भएको छ । भने तिन वटा बस्ति उच्च जोखिममा रहेका छन् । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको सडकले खेतबारी नै बगाउन थालेपछि उनीहरुकोे स्थानियको उठिबास हुन लागेको छ । परिवार पाल्ने धानखेत सबै बगाएपछि मैमातोला बासी अहिले निराश हुनुका साथै बस्ति बिस्तारको माग गरिरहेका छन ।
मैमातोला जस्तै बाजुराका दर्जनौ बस्ति अहिले सड्क निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानिय सरकारले सड्क निर्माणका क्रममा जथाभाबि डोजर परिचालन गर्दा बस्ति जोखिम र खेति योग्य जमिन तहसनहस हुदै गएको छ । छेडेदहँ गाँउपालिका २ बस्ने सुरत थापाले भने कुनै योजना छैन, डोजरले आफै प्राबिधिक भएर सड्क खनिरहेका छन् । जथाभाबी सड्क निर्माण गर्दा गाँउ जोखिममा बनेको वताए । छेडेदह गाँउपालिका मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको वताए । वडा नम्बर ५ डोगडिको गाँउमा माथि बाट सड्क निर्माण भएको अहिले बर्षात पहिरो बग्दा १ सय परिवार जोखिममा रहेको उनले वताए ।
बुढिन्नदा नगरपालिका ९ बस्ने धर्म बोहाराले भने सडकले विकास होइन विनाश ल्याएको बताए । सड्क निर्माण गर्ने नाँउमा डोजर लगाएका छन् जथाभाबि बाटो खनेका छन्, अहिले बर्षातले पहिरो आएर निकै समस्या भएको उनले वताए । आर्थिक बर्ष ०७४।०७५ मा बाजुराका ९ वटा स्थानिय तहले सड्क निर्माणका नाममा २२ करोड भन्दा बढि खर्च गरेको थिए । सबै सड्कमा डोजर परिचालन गरेको जिल्ला प्राबिधिक कार्यलय बाजुराले जनाएको छ । स्थानियलाइ खन्न लगाएको भए रोजगार पनि हुने सड्क पनि राम्रो हुने थियो, गाँउमा जताततै डोजर मात्र बाटो खनिरहेको बडिमालिका नगरपालिका स्थानिय लक्षि विकले वताए । जिल्लामा गएको आर्थिक बर्षमा ४८ वटा सड्क निर्माण भएका थिए । जता जंगल त्यतै बाटो सड्क लिएका छन्, डोजर प्रयोग गरेर जंगल फडानी भएको छ, यसले गर्दा बाजुरामा जताततै पहिरोको त्रास रहेको वताए । स्थानिय तहले अब्यबस्थित तरिकाले सड्क निर्माण गर्दाले ठुलो असर रहेको परेको स्थानियको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार